यूएईमा पनि चर्को घाममा काम लगाउन रोक, अटेरी गरे ५० हजार दिराम जरिवाना « Khabarhub

यूएईमा पनि चर्को घाममा काम लगाउन रोक, अटेरी गरे ५० हजार दिराम जरिवाना


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा-  खाडी राष्ट्रहरुमा गर्मी बढेसंगै श्रमिकहरुलाई बाहिर चर्को घाममा काम गर्न रोक लगाउन थालिएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा जुन १५ देखि चर्को घाममा श्रमिकलाई काम लगाउन रोक लगाएको छ ।

यूएईको मानव संसाधन मन्त्रालयले जुन १५ देखि सेप्टेम्बर १५ सम्म दिउँसो साढे १२ बजेदेखि ३ बजेको समय सिधै घाम पर्ने खुला ठाउँमा कुनै पनि कम्पनीले श्रमिकलाई काम लगाउन कम्पनीहरुलाई अनुरोध गरेको छ ।

नयाँ नियम अनुसार श्रमिकले दैनिक कामको अवधि ८ घण्टा गर्नु पर्नेछ । यदि कसैले २४ घण्टा भित्र आठ घण्टा भन्दा बढी काम गर्दछ भने, अतिरिक्त समय ओभरटाइम मानिनेछ, जसको लागि कामदारलाई भुक्तानी गर्नुपर्ने प्रावधान रहेको मन्त्रालयले जनाएको छ ।

रोजगारदाता कम्पनीहरूले दैनिक काम गर्ने घण्टाको तालिका कार्यस्थलमा एक प्रमुख साइटमा राख्नु पर्नेछ  र अरबी बाहेक अन्य भाषामा पनि लेख्नुपर्दछ जुन कामदारहरूले सजिलै बुझन सक्ने हुनुपर्ने छ ।

यदि कुनै पनि कम्पनीहरुले नियम उल्लंघन गरेको खण्डमा मन्त्रालयले उपलब्ध गराएको टोल फ्रि नम्बर ८००६० सम्पर्क गरि रिपोर्ट गर्न समेत आग्रह गरिएको छ । यो सेवा विभिन्न चार भाषाहरूमा २४ सै घण्टा उपलब्ध रहनेछ ।

कम्पनीहरुले सरकारले जारी गरेको नियमको उल्लंघन भएको पाइएमा प्रति व्यक्तिलाई त्यस्तो अवस्थामा काम लगाएबापत कम्पनीले जरिवाना तिर्नुपर्ने उल्लेख गरिएको छ ।

यदि नियम विपरित कम्पनीले धेरै श्रमिकलाई काम लगाइएको ठहर भएमा ५० हजार दिरामसम्म जरिवाना तिर्नु पर्ने मन्त्रालयले जनाएको छ । यूएईमा विभिन्न क्षेत्रमा गरि करिव चार लाख नेपाली कार्यरत रहेको पाइन्छ ।

यसघि नै कतारले खुल्ला कार्य क्षेत्रमा काम गर्ने कामदारहरूमा जून १ देखि सेप्टेम्बर १५ तारिख सम्मका लागि काम गर्ने समयसीमा तोकिसकेको छ भने कुवेतले पनि १ जुनदेखि ३१ अगस्टसम्म यो नियम लागू गरिसकेको छ ।

 

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ८ : २५ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ