दोहा- खाडी राष्ट्रहरुमा गर्मी बढेसंगै श्रमिकहरुलाई बाहिर चर्को घाममा काम गर्न रोक लगाउन थालिएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा जुन १५ देखि चर्को घाममा श्रमिकलाई काम लगाउन रोक लगाएको छ ।
यूएईको मानव संसाधन मन्त्रालयले जुन १५ देखि सेप्टेम्बर १५ सम्म दिउँसो साढे १२ बजेदेखि ३ बजेको समय सिधै घाम पर्ने खुला ठाउँमा कुनै पनि कम्पनीले श्रमिकलाई काम लगाउन कम्पनीहरुलाई अनुरोध गरेको छ ।
नयाँ नियम अनुसार श्रमिकले दैनिक कामको अवधि ८ घण्टा गर्नु पर्नेछ । यदि कसैले २४ घण्टा भित्र आठ घण्टा भन्दा बढी काम गर्दछ भने, अतिरिक्त समय ओभरटाइम मानिनेछ, जसको लागि कामदारलाई भुक्तानी गर्नुपर्ने प्रावधान रहेको मन्त्रालयले जनाएको छ ।
रोजगारदाता कम्पनीहरूले दैनिक काम गर्ने घण्टाको तालिका कार्यस्थलमा एक प्रमुख साइटमा राख्नु पर्नेछ र अरबी बाहेक अन्य भाषामा पनि लेख्नुपर्दछ जुन कामदारहरूले सजिलै बुझन सक्ने हुनुपर्ने छ ।
यदि कुनै पनि कम्पनीहरुले नियम उल्लंघन गरेको खण्डमा मन्त्रालयले उपलब्ध गराएको टोल फ्रि नम्बर ८००६० सम्पर्क गरि रिपोर्ट गर्न समेत आग्रह गरिएको छ । यो सेवा विभिन्न चार भाषाहरूमा २४ सै घण्टा उपलब्ध रहनेछ ।
कम्पनीहरुले सरकारले जारी गरेको नियमको उल्लंघन भएको पाइएमा प्रति व्यक्तिलाई त्यस्तो अवस्थामा काम लगाएबापत कम्पनीले जरिवाना तिर्नुपर्ने उल्लेख गरिएको छ ।
यदि नियम विपरित कम्पनीले धेरै श्रमिकलाई काम लगाइएको ठहर भएमा ५० हजार दिरामसम्म जरिवाना तिर्नु पर्ने मन्त्रालयले जनाएको छ । यूएईमा विभिन्न क्षेत्रमा गरि करिव चार लाख नेपाली कार्यरत रहेको पाइन्छ ।
यसघि नै कतारले खुल्ला कार्य क्षेत्रमा काम गर्ने कामदारहरूमा जून १ देखि सेप्टेम्बर १५ तारिख सम्मका लागि काम गर्ने समयसीमा तोकिसकेको छ भने कुवेतले पनि १ जुनदेखि ३१ अगस्टसम्म यो नियम लागू गरिसकेको छ ।
प्रतिक्रिया