जारी निषेधाज्ञामा अब यी काम गरे हुने छैन कारबाही (सूचीसहित) « Khabarhub

जारी निषेधाज्ञामा अब यी काम गरे हुने छैन कारबाही (सूचीसहित)


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा आज मध्यरातिबाट थपिएको ११ दिनको निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।

उपत्यकाका तीन जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले केही खुकुलो गर्दै जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गेरका हुन् ।

कुन कुन क्षेत्रमा खुकुलो ?

  • मृत्यु संस्कारका लागि जानुपर्ने वा फर्कनु पर्ने अवस्थामा मृत्यु प्रमाण पत्रको वा सम्बन्धित वडाको परिचय खुल्ने गरी सिफारिस आवश्यक पर्नेछ ।
  • काठमाडौँ जिल्ला भित्रका बिरामी तथा कुरुवाको अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डका आधारमा दुई जना आवतजावत गर्न पाउने ।
  • काठमाडौँ बाहिर जानु पर्ने अवस्थामा बिरामीको रिपोर्ट कार्ड वा भर्ना कार्ड परिचय खुल्ने कागजातको प्रतिलिपि सहति निवेदन पेश गर्नुपर्ने । सुरक्षा गार्डहरुको हकमा परिचय पत्र र पोशाक लगाएर ड्युटीमा आवत जावत गर्न पाउने ।
  • अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध(औषधी, अक्सिजन सिलिन्डर) दूरसञ्चार, इन्टरनेट मर्मत, कार्गाे, कुरियर तथा डाँक सेवा र फोहोरमैला व्यवस्थापन सम्बन्धी ढुवानी तथा यातायात साधनमा व्यानर वा प्रिन्टमा विषय उल्लेख गरेर सञ्चालन गर्न पाउने ।
  • तरकारी फलफूल, खाद्यान्न, दूध, तथा दूधजन्य पदार्थ र सोको प्याकिङ सामाग्री, कुखुराको दाना, चल्ला र पशुपंछीजन्य पदार्थ,भेटनरी सम्बन्धी कार्य, इन्धन खाना पकाउने ग्यास सरसफाईमा प्रयोग गरिने मास्क, साबुन, स्यानिटाइजर र प्रिन्ट तथा सरकारी छापाखाना लगायतका ढुवानी तथा सोको यातायात साधन व्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ९ बजेदेखि विहान ९ बजेसम्म न्यूनतम जनशक्ति प्रयोग गरी सञ्चालन गर्न पाउने ।
  • निर्माण सामाग्री ढुवानीका लागि सो को सवारी साधन राति ९ बजेदेखि विहान ४ बजेसम्म सञ्चालन गर्न पाउने ।
  • भन्सार विन्दुबाट पास जारी भएका मालवाहक सवारी साधन तथा सम्बन्धित भन्सार प्रमुखले मालसामान छुटाउन भनी आउन जारी रुट खुलाई अनुमति स्वीकृति प्रदान गरेका त्यस्ता मालसामान छुटाउने भन्सार एजेन्ट तथा कर्मचारीलाई अनुमति उल्लेख गरेको दिन र स्थानसम्म आवतजावत गर्न दिइने ।
  • अत्यावश्यक सेवा वाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा लगायत कार्यालयको सेवा प्रवाहलाई स्थगन गर्ने ।
    सरकारी कार्यालय सार्वजनिक संस्थान, बैंक, अन्य सम्पूर्ण वित्तिय संस्थाहरु, इन्टरनेट प्रदायक संस्था दुरसञ्चार संस्थाको हकमा सम्बन्धित मन्त्रालयका सचिव तथा विभागीय प्रमुखले जारी गरेको पास तथा परिचयपत्रको आधारमा आवतजावत गर्न पाउने ।
  • जनप्रतिनिधि, संवैधानिक निकाय पदाधिकारी तथा सचिव, माननिय न्यायधिश, मन्त्रालय सचिव विभागीय प्रमुख र मन्त्रालयका सहसचिवको हकमा परिचय पत्रको आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने ।
  • अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्ने यात्रुहरुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सिधैँ एरपोर्ट जानका लागि सवारी साधनको सहजीकरण गर्ने ।
  • तरकारी फलफूल खाद्यन्न, दुध डेरी, मासु खानेपानी, ग्यास पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर विहान ९ बजेसम्म मात्र खुला गर्ने ।
  • स्थानीय ढुवानीका हकमा राति ९ बजेदेखि विहान ९ बजेसम्म मात्र गर्न पाउने । सवारी साधन मर्मतका लागि वर्कशपहरु राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन गर्ने ।
    औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धि जुनसुकै समय निर्वाध रुपमा सञ्चालन गर्न पाइने ।
  • पत्रकार तथा सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको प्रेस पासका आधारमा आवत जावतमा सहजीकरण गर्ने । सूचना तथा प्रसारण विभागको प्रेस पासका आधारमा आवतजावतमा सहजीकरण गर्ने ।
  • प्रिन्टिङ प्रेसमा काम गर्ने सुरक्षा सम्बद्ध कर्मचारी तथा औषधी आपूर्ति गर्ने परिचय बाहेक व्यक्तिको हकमा सम्बद्ध निकाय तथा आपूर्तिकर्ताको अनुमति पत्र भए सवारी पास नचाहिने ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ९ : ३० बजे

जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार माझी पक्राउ

जनकपुरधाम– गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’

काठमाडौं- भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएलगत्तै प्रमुख प्रतिपक्षी

मुगुको कार्मारोङमा पहिरो : तीन वर्षीय बालकको मृत्यु

मुगु– मुगुको कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा गएको पहिरोमा परी एक

धर्मेन्द्र प्रधानको राजीनामालाई सोनम वाङ्चुकले भने- लोकतन्त्रको जित

काठमाडौं- सामाजिक अभियान्ता सोनम वाङचुकले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

डा. केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन

काठमाडौं– २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल