विज्ञ भन्छन्- कपुर ल्वाङसहितको घरेलु उपचारले अक्सिजन लेभल बढाउँदैन | Khabarhub Khabarhub

विज्ञ भन्छन्- कपुर ल्वाङसहितको घरेलु उपचारले अक्सिजन लेभल बढाउँदैन



दीपक अधिकारी/काठमाडौँ- नेपालमा कोभिड-१९ को दोस्रो लहर फैलिरहेको बेला सामाजिक सञ्जालमा अक्सिजन लेभल बढाउने घरेली उपचार विधी भन्दै केही सामग्री भाइरल भइरहेका छन् ।

यस्तो सामग्री सेयर गर्नेमा सञ्चारकर्मीसमेत छन् । ट्वीटर र फेसबुकमा ‘अक्सिजन लेभल कम हुँदा गरिने पूरानो उपाय’ भन्दै राखिएको टिप्समा कपुर, ल्वाङसहितका समाग्रीको उपयोगबाट अक्सिजन लेभल बढ्ने दाबी गरिएको छ ।

तर साउथ एसिया चेकका लागि दीपक अधिकारीले गरेको फ्याक्ट चेकमा त्यस्ता सामग्रीबाट अक्सिजन लेभल बढ्ने विषय भ्रामक भएको उल्लेख गरिएको छ ।

नेपाल टेलिभिजनकी पूर्वसमाचार वाचिका रमा सिंहको फेसबुकमा बैशाख १४ गते शेयर गरिएको सामग्रीमा अक्सिजन लेभल बढाउन उपयोगी भन्दै घरेलु उपचारसहितको टिप्स सार्वजनिक गरिएपछि धेरैले उनलाई धन्यवाद दिएका छन् ।

एकजनाले हिन्दी भाषामा बनाइएको त्यसको भिडियो पनि शेयर गरेकी छन् । सिंहको पोस्टमा ३० वटा प्रतिक्रिया आएका छन् भने त्यसलाई ४ हजारभन्दा बढी शेयर गरिएको छ ।

उक्त सामग्री ट्वीटर र फेसबुकमा पनि शेयर गरिएको छ । भारतमा यस अघि नै भाइरल भएको यो सामग्री नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले सिंहको पोस्टबाट फैलाएको देखिन्छ ।

तथ्य जाँच

साउथ एसिया चेकले तथ्य जाँच गर्दा यो सामग्री भ्रामक र आधारहीन भएको फेला परेको छ ।

आयुर्वेदिक चिकित्सक प्रकाश ज्ञवालीका अनुसार कपुर, ल्वाङ र ज्वानो परम्परागत रुपमा घरेलु उपचारमा प्रयोग गरिने जडिबुटी भएता पनि तिनको प्रयोगले मानिसमा अक्सिजन लेभल बढाउँछ भन्ने दाबी प्रमाणित होइन।

“यी चिजलाई आयुर्वेदमा औषधिको रुपमा वर्णन गरिएको छैन । आयुर्वेदिक औषधि हुनका लागि त त्यससम्बन्धी पुस्तकमा वर्णन गरिएको हुनुपर्‍यो,” डाक्टर ज्ञवालीले साउथ एसिया चेकलाई बताए ।

उनका अनुसार कपुरले रुघा लागेमा नाक खोल्न मद्दत गर्छ भने ल्वाङले कफलाई सुकाउँछ । “ज्वानोलाई पनि विभिन्न औषधिमा मिसाइन्छ । छातिसम्बन्धी समस्या भएमा यसमा कफ निकाल्ने वा सुकाउने गुण भएकोले यसको प्रयोग गरिन्छ,” उनले भने । त्यसैगरी नीलगिरीको तेल अरु चिजसँग मिसाएर भिक्स जसरी लिने गरिएको उनले बताए । “त्यसलाई भिक्सको रुपमा प्रयोग गरेर बन्द नाक खुलाउन सकिन्छ । यसले सास फेर्न सजिलो हुन्छ तर अक्सिजन लेभल बढाउँछ भन्ने कुनै प्रमाण छैन ।”

काठमाडौको मुलपानी नगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पुष्पमणि खरालले त्यस्ता जडिबुटीको प्रयोगले अक्सिजन लेभल बढ्ने कुनै प्रमाण नभएको बताए । “अक्सिजन लेभल बढाउन फोक्सो तन्दुरुस्त हुनुपर्‍यो र कृत्रिम अक्सिजन दिनुपर्‍यो । फोक्सोको एक्सर्साइज गर्नुपर्‍यो।

यसअतिरिक्त जस्तो प्रोन पोजिसन (घुँडा र पेटमा सिरानी राखेर घोप्टो परेर सुत्ने), डिप ब्रिदिङ (गहिरो सास लिने) आदि ।” यी प्रक्रियाले सास फेर्न सहज बनाउने उनले बताए ।

गुगलको प्रयोग गरी इन्टरनेटमा प्रकाशित यसबारेका सामग्री खोजी गर्दा ती जडिबुटीको सेवनबाट अक्सिजन लेभल बढ्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनै सामग्री फेला परेन ।

दुई जना चिकित्सकको भनाइ र अन्य सन्दर्भ सामग्रीको आधारमा उक्त पोस्टमा गरिएको कपुर, ज्वानो, ल्वाङ र नीलगिरीको तेलको प्रयोगले अक्सिजन लेभल बढ्छ भन्ने दाबी भ्रामक र आधारहीन ठहर्छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  १० : १५ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि