‘फ्याक्ट चेक’ : यो हो सामाजिक सञ्जालमा भाइरल माछाको वास्तविकता « Khabarhub

‘फ्याक्ट चेक’ : यो हो सामाजिक सञ्जालमा भाइरल माछाको वास्तविकता


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिल एउटा माछाको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

एक व्यक्तिले आफू जत्रै माछा नाम्लोले भारी बोकेझै बोकेका छन् । यति ठूलो अजंगको माछा त्यसमाथि नाम्लोले नै बोक्नुपर्ने अवस्थाको भएपछि मानिसहरुले सामाजिक सञ्जालमा विभिन्न क्रिया-प्रतिक्रिया जनाएका छन् ।

उक्त तस्वीर फेसबुक तथा ट्वीटरमा शेयर गर्दै विभिन्न ठाउँको माछा भनेर भ्रम फिजाउने काम गरेको पाइएको छ । तर यसको वास्तविकता भने केही फरक छ ।

छुट्टाछुट्टै दाबी बाझिएपछि हामीले यसको फ्याक्ट चेक गरेका छौँ ।

माछाको भ्रमः

माछा बोकेको यो तस्वीरमा कसैले यो माछा कालिगण्डकीको भनेका छन् भने कतिले यसलाई संखुवासभाको सभा खोलामा मारेको भनेका छन् । केहीले असला माछा भन्दै सामाजिक सञ्जालमा शेयर गरेका छन् । तर, यसको वास्तविकता भने फरक छ ।

वास्तविकता : पहिलो कुरा यो असला माछा नै होइन । दोस्रो यो माछा सामाजिक सञ्जालमा केहीले दाबी गरे अनुसार संखुवासभाको सभा खोलामा मारिएको पनि होइन ।

यस विषयमा तस्वीर लिने व्यक्ति सुन्दर कसजुले खबरहबसँग भने यो ५५ केजीको माछा कालिगण्डकीको रिँडीमा समातिएको हो ।

स्थानीय भाषामा गोच भनिने यस माछालाई वेल्स क्याटफिस (Wells catfish) भनिन्छ । जसको औषत आयु ५० बर्षको हुन्छ । तसर्थ यो संखुवासभामा मारिएको भन्ने दाबी सरासर झुटो हो ।

 

 

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  १० : ३६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह