क्षेत्रीय चुनौती समाधानका लागि इरान, पाकिस्तान र टर्कीबीच गठबन्धन « Khabarhub

क्षेत्रीय चुनौती समाधानका लागि इरान, पाकिस्तान र टर्कीबीच गठबन्धन


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्षेत्रीय चुनौतीहरु सम्बोधन गर्न इरान, पाकिस्तान र टर्कीले आपसी गठबन्धन बिस्तार गरेका छन् ।

इरान, पाकिस्तान र टर्कीले क्षेत्रीय सुरक्षा चुनौतीहरु सम्बोधन र समाधान गर्न सहकार्य बिस्तार गरेका हुन् । तेल उत्पादनकर्ता अरबीयन मुलुकहरुविरुद्ध उभिन इरानलाई पाकिस्तान र टर्कीसँगको सहकार्य महत्वपूर्ण देखिन्छ ।

मध्यपूर्वमा अरबीयन मुलुकहरुको प्रभाव कम गर्नु  इरान र टर्कीको साझा उदेश्य रहेको छ । पछिल्लो समय इरान र चीनबीच २५ वर्षका लागि भएको रणनीतिक सम्झौताले गहिरो आर्थिक र सैन्य सहकार्य गर्ने लक्ष्य राखेको छ । चीन र इरानबीच द्धिपक्षीय सम्झौता भनिए पनि सीमा बिषयहरु समेटेको सन्जय पुलिपकाले एसिया टाईम्समा लेख प्रकाशित गरेका छन् ।

यो सम्झौताको मुख्य उदेश्य इरानको अन्तर्राष्ट्रिय आर्थिक कारोबारमा अमेरिकी प्रतिबन्ध रोक्ने रहेको उनले बिश्लेषण गरेका छन् । साथै, चीन र इरानको यो सम्झौताले चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजना इरान र टर्कीसम्म बिस्तार गर्नु रहेको बिश्लेषण गरिएको छ ।

क्षेत्रीय भूराजनीतिक उदेश्यले पनि पाकिस्तान, इरान र टर्कीबीच आर्थिक सहकार्य र सम्बन्ध कायम गर्ने लक्ष्य राखेको छ । पाकिस्तानका लागि इरानी राजदूत मोहम्मद अली हुसेनले क्षेत्रीय चासोका लागि इरान, पाकिस्तान, टर्की, रुस र चीनबीच नयाँ गठबन्धन हुनु आवश्यक रहेको टिप्पणी गरेका छन् ।

त्यस्तै, पाकिस्तानसँग राजनीतिक, कुटनीतिक र आर्थिक सहकार्य आवश्यकता रहेको टर्की राष्ट्रपति रेकेप तैयप एर्दोगानले बताउँदै आएका छन् ।

स्रोत : सीफी

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ११ : २४ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ