सङ्क्रमित महिलाको गाउँकै आइसोलेशनमा सुरक्षित प्रसूति « Khabarhub

सङ्क्रमित महिलाको गाउँकै आइसोलेशनमा सुरक्षित प्रसूति


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– माछापुच्छ्रे गाउँपालिका–२ स्थित सार्दीखोला स्वास्थ्यचौकीमा एक सङ्क्रमित गर्भवतीको सुरक्षित प्रसूति गराइएको छ । स्थानीय २८ वर्षीया महिलाको सो स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बुधबार राति ८ :५६ बजे आइसोलेशनकक्षमा सामान्य विधिबाट प्रसूति गराइएको हो ।

साँझ ८ बजे सुत्केरी व्यथा लागेर स्वास्थ्यचौकी आएकी ती महिला र उनका श्रीमानको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

हाल सुत्केरी महिला र बच्चा (छोरी)को स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीका अनमी हिमकुमारी गुरुङ र विद्या सापकोटा तथा स्वास्थ्यचौकीका कर्मचारी लक्ष्मी बयलकोटी र सञ्जु परियारले सामान्य विधिबाट सुत्केरी गराउनुभएको स्वास्थ्यचौकीका इन्चार्ज अनिता घिमिरेले जानकारी दिइन ।

यसअघि शहरका अस्पतालमा सङ्क्रमित महिलाको प्रसूति गराइए पनि गाउँकै स्वास्थ्यचौकीमा आइसोलेशन सेन्टरमा गर्भवतीले बच्चा जन्माएको पहिलोपटक भएको बताइन्छ ।

स्वास्थ्यचौकीका इन्चार्ज घिमिरेले भनिन्, “सुत्केरी व्यथा लागेपछि गाडी पठाउन आग्रह गरेपछि हामीले उहाँलाई स्वास्थ्यचौकीमा ल्याएका थियौँ, महिला र उहाँका श्रीमानको परीक्षण गर्दा कोरोना पोजेटिभ आयो, गाउँमै पहिलोपटक कोभिड पोजेटिभ बिरामीको सुत्केरी गराउन पाउँदा खुशी भएका छौँ ।”

सार्दीखोला स्वास्थ्यचौकीमा सामान्य अवस्थाका महिलाको सुत्केरी गराउने गरे पनि जटिल अवस्थाकालाई पोखरा सिफारिश गर्ने गरिएको छ । पछिल्लो समय कोरोना सङ्क्रमण बढेपछि स्वास्थ्यचौकीमा १० शय्याको आइसोलेशन सेन्टर निर्माण गरिएको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ११ : ३६ बजे

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम