गण्डकी प्रदेशका सांसद कृष्ण थापा पदमुक्त « Khabarhub

गण्डकी प्रदेशका सांसद कृष्ण थापा पदमुक्त


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशको प्रदेशसभा सांसद् कृष्ण थापालाई सांसद् पदबाट हटाएको छ ।

बागलुङ – १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद् थापालाई पार्टीले कारबाही गर्दै सांसद पदबाट हटाएको हो ।

बिहीबार बसेको जनमोर्चाको केन्द्रीय बैठकले थापालाई सांसद् पदबाट निष्कासन गर्ने निर्णय गर्दै सांसद्‍‍बाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयलाई दिएको छ ।

जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेशसभा अन्तर्गत राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले उनलाई सांसद् पदबाट हटाएको पत्र सचिवालयमा बुझाएको प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले बताए ।

यसअघि थापालाई पार्टीले कारबाही गर्दै आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै दलको नेताबाट हटाएको थियो ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  २ : १६ बजे

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक

जुम्लाको सिँजामा पुग्यो नेपाल टेलिकमको फोर-जी सेवा

काठमाडौं– नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल

भृकुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउने तयारी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त