गण्डकी प्रदेशका सांसद कृष्ण थापा पदमुक्त « Khabarhub

गण्डकी प्रदेशका सांसद कृष्ण थापा पदमुक्त


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशको प्रदेशसभा सांसद् कृष्ण थापालाई सांसद् पदबाट हटाएको छ ।

बागलुङ – १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद् थापालाई पार्टीले कारबाही गर्दै सांसद पदबाट हटाएको हो ।

बिहीबार बसेको जनमोर्चाको केन्द्रीय बैठकले थापालाई सांसद् पदबाट निष्कासन गर्ने निर्णय गर्दै सांसद्‍‍बाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयलाई दिएको छ ।

जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेशसभा अन्तर्गत राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले उनलाई सांसद् पदबाट हटाएको पत्र सचिवालयमा बुझाएको प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले बताए ।

यसअघि थापालाई पार्टीले कारबाही गर्दै आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै दलको नेताबाट हटाएको थियो ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  २ : १६ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा