करेण्ट लागेर महिलाको मृत्यु « Khabarhub

करेण्ट लागेर महिलाको मृत्यु


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– डाक्नेश्वरी नगरपालिकामा आज एक महिलाको करेण्ट लागेर मृत्यु भएको छ ।

खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका–३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको मृत्यु भएको साविक तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले जानकारी दिए ।

स्याल, सुङ्गुरबाट सुरक्षाका लागि खेतमा बिछ्याइएको नाङ्गो तारमा करेण्ट लागेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

घटनास्थलमै महिलाको मृत्यु भएको र प्रहरीलाई खबर गरिएको मृतकका श्रीमान् रामवृक्ष रायले बताए ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ३ : ४१ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई