नेपालले नयाँ भेरियन्टबारे बेलायतसँग माग्यो जानकारी « Khabarhub

नेपालले नयाँ भेरियन्टबारे बेलायतसँग माग्यो जानकारी


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको भन्ने दाबीपछि नेपालले बेलायत सरकारसँग त्यसबारे जानकारी माग गर्दै पत्राचार गरेको छ ।

बेलायती पत्रपत्रिकाले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको दाबीसहित समाचार प्रकाशित गरेपछि नेपालले त्यसबारे जानकारी माग गरेको हो ।

नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन आज बिहान त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेलमार्फत पत्राचार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

नेपालमा अल्फा र डेल्टा भेरियन्ट भेटिएको तर एक्कासी नयाँ भेरियन्ट भेटिएको कुराले आश्चर्यचकित भएको उनले बताए ।

नयाँ भेरिन्ट भेटिएको बारे जानकारी छैन

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस भेटिएको बारे आफूलाई जानकारी नभएको जनाएको छ ।

डब्ल्यूएचको नेपालस्थित कार्यालयले नेपालमा सार्स–कोभ–२ को नयाँ भेरिन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठनलाई जानकारी नभएको बताएको छ ।

बेलायती पत्रिका डेली मेलले भने नेपालमा कोरोनाको नयाँ भेरिन्ट भेटिएको भन्दै प्राथमिकताका साथ समाचार प्रकाशन गरेको थियो ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ५ : ०१ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी