घट्न थाल्यो अक्सिजनको माग | Khabarhub Khabarhub

घट्न थाल्यो अक्सिजनको माग


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही दिनयता कोरोना संक्रमणका बिरामीको संख्या घट्ने क्रमसँगै अक्सिजनको माग पनि घटेको छ ।

दैनिक ९ हजार हाराहारीलाई कोरोना संक्रमण हुँदा उत्पादनले धान्नै नसक्ने गरी अक्सिजनको माग बढेको थियो । पछिल्लो एक सातादेखि परीक्षण भएकोमा दैनिक करिब ५ हजार जनामा संक्रमण फेला पर्ने गरेको छ ।

बेड र अक्सिजन अभावका कारण उपचारमा समस्या पर्ने र संक्रमितको ज्यान गुमाउनुपर्ने अवस्था नरहेको अस्पतालहरूले जनाएका छन् । कोरोना संक्रमण घट्दै गएपछि संक्रमितको उपचार र अक्सिजन उपलव्धता सहज हुँदै गएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले अहिले अस्पतालमा बिरामीको संख्या घटेको बताए ।

उनले भने, ‘पहिला ठाउँ नभएर बिरामीलाई अस्पतालको आँगनमा राखेर पनि उपचार गर्नुपर्ने अवस्था थियो, अहिले त्यस्तो छैन ।’
उनका अनुसार अहिले अस्पतालले बिरामीहरूका लागि अक्सिजनको अभाव छैन, सहजै पुगेको छ । आइसीयूमा बेड खाली नभए पनि इमर्जेन्सीमा भने केही बेडहरू खाली हुन थालेको उनले बताए । उनका अनुसार बिरामीको संख्या कम हुँदै गएकाले अक्सिजनको माग घटेको हो ।

काठमाडौँको चाल्नाखेलमा रहेको ‘सीता प्रोडक्ट (अक्सिजन)’ का सञ्चालक प्रह्लाद तिमल्सिनाले पछिल्ला केही दिनदेखि अक्सिजनको माग सामान्य अवस्थामा फर्किको बताए ।

उनले भने, ‘केही साताअघिसम्म दैनिक एक हजार सिलिन्डर अक्सिजन उत्पादन गर्दा पनि अपुग हुन्थ्यो, अहिले ६०० सिलिन्डर उत्पादन गरे पनि पुग्छ ।’ तिमल्सिनाका अनुसार अहिले उनको कम्पनीले अक्सिजन उत्पादनको समय दैनिक ३ देखि ४ घण्टासम्म घटाएको छ ।
बजारमा गएका अक्सिजन सिलिन्डर फिर्ता हुने क्रम र माग घटेका कारण उत्पादन घटाउनु परेको उनको भनाइ छ । अस्पतालमा अक्सिजनको माग घटेपछि उद्योगमा सिलिन्डर फर्किन क्रम पनि घटेको उनले बताए ।

त्यस्तै ‘शंकर अक्सिजन प्रालि’ का व्यवस्थापक शम्भु भण्डारीले पनि अहिले अस्पतालमा अक्सिजनको माग घट्दै गएको बताए ।
उनले भने, ‘अहिले अस्पतालहरूमा बेड खाली हुन थालेका छन्, संक्रमित पनि कम भएको भन्ने सुनिन्छ, त्यसैले अक्सिजनको माग कम भएको होला ।’

अक्सिजनको माग कम हुँदै गएपछि उद्योगमा काम गर्न सहज भएको उनले बताए । उनले भने, ‘पहिला काम गर्न भ्याईनभ्याई हुन्थ्यो अहिले त्यस्तो छैन, सहज छ ।’

उनका अनुसार अहिले अक्सिजनको माग थोरै घटेको हो । असिक्जन पाउन लाइन लाग्नुपर्ने अवस्था अझै पनि छ तर पहिलाको जस्तो हानथाप छैन ।

कोरोना संक्रमितका बिरामीहरूलाई निःशुल्क अक्सिजन वितरण गर्दै आएको ‘हाम्रो टिम नेपाल’ मा पनि अक्सिजन उपलब्ध गराइदिन भन्दै फोन आउने क्रम घटेको छ ।

हाम्रो टिम नेपालका सचिव लक्ष्मण सिंह धामीले केही यस्तो फोन आउन कम भएको बताए ।

अस्पतालमा बिरामीका लागि अक्सिजनको माग उच्च भएपछि उद्योगहरू चौबीसै घण्टा चलाइएका थिए । अक्सिजन सिलिन्डर पनि अभाव भएपछि विदेशबाट समेत मगाइएको थियो । केही देशले सहायतामा पनि अक्सिजन सिलिन्डर पठाएका थिए ।

यता अन्य उद्योगहरूमा रहेका औद्योगिक प्रयोजनका सिलिन्डर पनि अस्पताल पठाउन थालिएको थियो । स्वास्थ्य मन्त्रालयले सय बेडभन्दा माथिका अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ४ : ३७ बजे

गृहमन्त्री अर्यालले ओलीलाई लक्षित गरेर भनेको ‘क्रिमिनल नेग्लिजेन्स’ के हो ?

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकारलाई प्रतिक्रिया दिने क्रममा वा अन्तरवार्ताका

जोरपाटी चोकमा ट्राफिक लाइट जडान

काठमाडौं- जोरपाटीसहित आसपासका क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण तथा सहरी ट्राफिक

नाच्दै-गाउँदै देउसीमा रमाउँदै (तस्बिरहरू)

काठमाडौं– हिन्दुहरूको दोश्रो महानचाड तिहार सकिने चरणमा पुगेको छ ।

पुरुष भलिबलः नेपाल तुर्कमेनिस्तानसँग पराजित

काठमाडौं- बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको

लोकतन्त्रविरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्छन् : मुख्यमन्त्री बानियाँ

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रविरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट