कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी हुँदै « Khabarhub

कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी हुँदै


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीका अनुसार अहिले रिक्त रहेका सामाजिक विकास मन्त्रालय र उर्जा तथा जलस्रोत मन्त्रालयमा कांग्रेसले दुईजना सांसदलाई मन्त्री बनाउने भएको हो ।

नेता शाहीले दिएको जानकारीअनुसार सामाजिक विकास मन्त्रालयमा सुर्खेतका यज्ञहादुर बीसी र उर्जा तथा जलस्रोतमा जुम्लाका दिनबन्धु श्रेष्ठलाई मन्त्री बनाइने भएको छ ।

कांग्रेसका दुईजना सांसदहरूलाई आजै मन्त्री नियुक्त गरिने भएपनि सपथ भने भोलि मात्रै हुने नेता शाहीले जानकारी दिए ।

माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको झण्डै दुई महिनापछि कांग्रेस सरकारमा सहभागी हुन लागेको हो ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ५ : २१ बजे

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा