२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १८ हजार ५६२ जनाको पीसीआर परीक्षणमा ५ हजार ८२५ र ३ हजार २११ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार जना गरी कुल ६ हजार ८२५ जना कोरोना संक्रमित थपिएका हुन् ।

नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ जना रहेको मन्त्रालयले जनाएको छ ।

कुन  जिल्लामा कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १०, उदयपुरमा ८, ओखलढुंगा ७ खोटाङमा १७, झापामा १०१, ताप्लेजुङमा १, तेह्रथुम ४, धनकुटामा ४, पाँचथर ७१, भोजपुरमा १, मोरङमा ११६, संखुवासभामा ७, सोलुखुम्बु २ र सुनसरी २१० जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा १०१, पर्सामा ११, बारामा ७९, महोत्तरीमा ४०, रौतहटमा १४, सप्तरीमा ४०, सर्लाहीमा ४ र सिरहामा ५९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ६३० जनामा कोरोना भेटिएको छ। काभ्रेमा २०५, चितवनमा १७७, दोलखामा २४, धादिङमा १०१, नुवाकोटमा ७३, भक्तपुरमा १२९, मकवानपुरमा १३, रामेछापमा ४२, ललितपुरमा २९८, सिन्धुपाल्चोकमा १४८ र सिन्धुली ४६ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा २६६, गोरखामा ३७, तनहुँमा ८२, नवलपरासी पूर्वमा ७७१, पर्वत १३, म्याग्दी १६, लमजुङमा ११०, बागलुङमा १ र स्याङजामा ६० जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा १६, गुल्मीमा ५३, दाङमा ६५, नवलपरासीमा ३२, पाल्पामा ९, प्यूठानमा ३, बर्दियाका १०, बाँकेमा १८, रुपन्देहीमा १३८ र रोल्पामा ५ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा २६, जुम्ला ५, डोल्पा १, दैलेखमा १५, रुकुम पश्चिममा २२, सल्यानमा १३, हुम्लामा १ र सुर्खेतमा ६५ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ४६, कञ्चनपुरमा १८, कैलालीमा ५२, डडेल्धुरामा ६, डोटी २८, दार्चुला १, बझाङ १ र बैतडीमा १७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ५ : ४७ बजे

मधेसमा बजेटको आकार ६.१३ प्रतिशतले बढेर ४६ अर्ब ५८ करोड ३३ लाखमाथि 

काठमाडौं– मधेस प्रदेशकाको आर्थिक वर्ष ०८२/०८३ को बजेटको आकार बढेको

प्रदेशको बजेटमा समेटिएन कोशीमा आधारित पर्यटन

चतरा– कोशी प्रदेश सरकारले पर्यटन वन तथा वातावरणको क्षेत्रमा २

प्रतिपक्षी र सरकारबीचको विवादले बस्न सकेन कर्णाली प्रदेशसभाको बैठक

कर्णाली– कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

मधेस बजेट : स्थानीयतहलाइ १ अर्ब १० करोड

जनकपुरधाम– मधेश प्रदेशका अर्थमन्त्री सुनीलकुमार यादवले प्रदेशसभामा अगामी आर्थिक वर्षको

मधेस बजेट : ऊर्जा सिचाई तथा खानेपानी मन्त्रालयलाई ४ अर्ब ४१ करोड 

काठमाडौं– मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३