१ हजार ८४२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

१ हजार ८४२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८४२ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ४४४ कोरोना संक्रमितको आईसीयूमा र ३९८ को भेन्टिलेटरमा गरी कुल १ हजार ८४२ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २२१ जना आईसीयूमा र ५७ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ११३ आईसीयूमा र २२ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ७२६ जना आईसीयूमा र २५६ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १३९ जना आईसीयूमा र २३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६९ जना आईसीयूमा र २५ जना भेन्टिलेटरमा, कर्णालीमा ४६ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३० जना आईसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तो छ विस्तृत विवरण

 

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  १० : ३० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु