भरुवा बन्दुकसहित ज्यान मुद्दाका चार आरोपित पक्राउ « Khabarhub

भरुवा बन्दुकसहित ज्यान मुद्दाका चार आरोपित पक्राउ


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्यान सम्बन्धी कसूरमा फरार रहेका चार जनालाई मोरङ प्रहरीले चार थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ । केराबारी गाउँपालिका-३ बस्ने ४४ वर्षीय डिकबहादर राई, ३६ वर्षीय बुद्धबिर लिम्बु, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका-१ बस्ने १९ वर्षीय विपन लिम्बु पक्राउ परेका हुन् । उनीहरूलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको बयानपछि केराबारी गाउँपालिका-३ स्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा ढलेको सखुवाको रूखको चेपमा माटो तथा पातहरूले छोपी लुकाई राखेको भरुवा बन्दुक २ थान, ढुङ्गामाथि पातहरुले छोपी लुकाई राखेको भरुवा बन्दुक १ थान र लेटाङ नगरपालिका-१ स्थित जंगलको ओडारमा लुकाई राखेको भरुवा बन्दुक १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

गत वैशाख ८ गते साँझ बाँसघारी खोप सरकारी वनमा शिकार गर्न गएका हस्तबहादुर राईको दाहिने कुममा गोली लागि मृत अवस्थामा फेला परेका थिए । सोही घटनामा रुबिन लिम्बु र गजेन्द्र बहादुर राईलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा थप चार जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ७ : २० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि