भरुवा बन्दुकसहित ज्यान मुद्दाका चार आरोपित पक्राउ « Khabarhub

भरुवा बन्दुकसहित ज्यान मुद्दाका चार आरोपित पक्राउ


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्यान सम्बन्धी कसूरमा फरार रहेका चार जनालाई मोरङ प्रहरीले चार थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ । केराबारी गाउँपालिका-३ बस्ने ४४ वर्षीय डिकबहादर राई, ३६ वर्षीय बुद्धबिर लिम्बु, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका-१ बस्ने १९ वर्षीय विपन लिम्बु पक्राउ परेका हुन् । उनीहरूलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको बयानपछि केराबारी गाउँपालिका-३ स्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा ढलेको सखुवाको रूखको चेपमा माटो तथा पातहरूले छोपी लुकाई राखेको भरुवा बन्दुक २ थान, ढुङ्गामाथि पातहरुले छोपी लुकाई राखेको भरुवा बन्दुक १ थान र लेटाङ नगरपालिका-१ स्थित जंगलको ओडारमा लुकाई राखेको भरुवा बन्दुक १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

गत वैशाख ८ गते साँझ बाँसघारी खोप सरकारी वनमा शिकार गर्न गएका हस्तबहादुर राईको दाहिने कुममा गोली लागि मृत अवस्थामा फेला परेका थिए । सोही घटनामा रुबिन लिम्बु र गजेन्द्र बहादुर राईलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा थप चार जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ७ : २० बजे

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा–सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५

धितो लिलामी मुद्दामा बैंकका अधिकारीमाथि मुद्दा चलाएकोप्रति सिबिफिनको आपत्ति

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलामीको नियमित प्रक्रियालाई

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा– हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ