एमबीबीएसको परीक्षा दिन नेपाली विद्यार्थी बंगलादेश जान पाउने « Khabarhub

एमबीबीएसको परीक्षा दिन नेपाली विद्यार्थी बंगलादेश जान पाउने


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशले एमबीबीएस अध्ययनरत विदेशी विद्यार्थीलाई परीक्षाका लागि यात्रा अनुमति दिएको छ । योसँगै बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी परीक्षाका लागि त्यहाँ जान पाउने भएका छन् ।

आगामी जुन र जुलाइमा निर्धारित परीक्षामा भाग लिने विद्यार्थीलाई बंगलादेश प्रवेशको अनुमति दिइएको काठमाडौँस्थित बंगलादेशी दूतावासले जनाएको छ ।

नेपालमा रहेका त्यस्ता विद्यार्थीलाई सम्बन्धित कलेजको कागजपत्रसहित सम्पर्क गर्न दूतावासले सूचित गरेको छ । मेडिकल कलेजका कागजात, पासपोर्टको प्रतिलिपि र नेपालको मोबाइल नम्बरसहित नेपालस्थित बंगलादेशी दूतावासको इमेल ठेगाना [email protected] मा पठाउन दूतावासले अनुरोध गरेको हो ।

ढाकामा पुगेपछि सबै विद्यार्थीले जनस्वास्थ्य सम्बन्धी सबै मापदण्ड अपनाउनुपर्ने पनि दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस सूचना

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ८ : १५ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी