भारततर्फ लैजाँदै गरेको ३०० कार्टुन रक्सीसहित ट्याक्टर नियन्त्रणमा | Khabarhub Khabarhub

भारततर्फ लैजाँदै गरेको ३०० कार्टुन रक्सीसहित ट्याक्टर नियन्त्रणमा


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अबैधरुपमा भारततर्फ लैजाँदै गरिएको ३०० कार्टुन रक्सीसहित प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ ।  पर्साको छिपहरमाइ गाउँपालिकाबाट सो परिमाणको रक्सीसहित ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार सूचनाका आधारमा चेकजाँजका क्रममा पर्साको छिपहरमाई गाउँपालिका –२ भिष्वा बञ्जारीबाट ३०० कार्टुन कस्तुरी ब्राण्डको रक्सीसहित प्रदेश–२–०३–००१ थ ००१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

ट्याक्टर चालक भने फरार भएको र रक्सीसहित ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्याालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

ट्याक्टरसहित सो परिमाणको रक्सी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ९ : ३० बजे

श्रीमती बचाउन गएका श्रीमानको पनि करेन्ट लागेर मृत्यु 

काठमाडौं– रूपन्देहीको गैडहवा गाँउपालिका-६ कानिजहवा बस्ने ७५ वर्षीय रामरतन सैठवार र उनकै

जेन-जीका नाममा प्रहरीको हत्यामा संलग्न भएको अभियोगमा दुईजना समातिए

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन‍-जी आन्दोलनका

बढ्दो मूल्यवृद्धिले अस्ट्रेलियामा जनजीवन प्रभावित

एजेन्सी – अस्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर चालु वर्षको अगस्ट महिनामा

धनगढीमा ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका-११ बेलास्थित सडकमा भे.२ त २४ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री

अर्थमन्त्री भन्छन्- नोटबन्दीबारे छलफल भएको छैन, तत्काल त्यस्तो हुँदैन

विराटनगर- अर्थमन्त्री रामेश्वर खनालले ५ सय र १ हजार दरका