नेपालले तत्काल खोप नपाए अहिलेको कठिन अवस्था निरन्तर : डब्लुएचओ (भिडियोसहित) | Khabarhub Khabarhub

नेपालले तत्काल खोप नपाए अहिलेको कठिन अवस्था निरन्तर : डब्लुएचओ (भिडियोसहित)


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालले तत्काल कोरोनाविरुद्धको खोप प्राप्त गर्न नसके अहिलेको कठिन अवस्था निरन्तर रहने खतरा औँल्याएको छ ।

डब्लुएचओको नेपाल कार्यालयले बिहीबार भिडियो वक्तव्य जारी गर्दै तत्काल नेपाललाई खोप आपूर्ति गर्न ठूला राष्ट्रलाई आग्रह गरेको छ । नेपाल अझै कोरोना संकटबाट मुक्त हुने अवस्थामा नरहेको जनाउँदै डब्लुएचओले तत्काल खोप उपलब्ध गराइनु पर्नेमा जोड दिएको छ ।

संगठनका नेपाल प्रमुख डा. राजेश शम्भाजिराव पाण्डवले नेपालले तत्काल खोप प्राप्त गर्न नसके अहिलेको कठिन अवस्था निरन्तर रहने बताएका हुन् ।

नेपालको कूल जनसंख्याको ७ प्रतिशत अर्थात २१ लाखले मात्र खोप प्राप्त गरेको जनाउँदै डा. पाण्डवले सातलाख भन्दा केही बढीले मात्र खोपको दोस्रो मात्रा प्राप्त गरेको बताए ।

उनले भने, ‘अहिलेको आवश्यकता भनेको बाँकी १४ लाखलाई खोपको दोस्रो मात्रा उपलब्ध गराउनु हो । जसमध्ये प्राय ६५ वर्ष उमेरमाथिका उच्च जोखिम समूहका मानिस छन् ।’

डब्लुएचओका विश्व निर्देशक डा. ट्रेडोस र दक्षिण एसिया निर्देशक डा. पुनमले कठिन घडीमा नेपाललाई सहयोग गर्न अपिल विकसित राष्ट्रलाई आग्रह गरेको जानकारी पनि उनले दिए ।

‘खोपको मौज्दात भएका सबै मुलुकलाई नेपाललाई यथाशक्य चाँडो खोप उपलब्ध गराउन म अपिल गर्न चाहन्छु’ उनले भने, ‘यो अहिले देखिएको अभावलाई पूर्ति गर्ने तात्कालिन उपाय हुनेछ ।’

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ८ : ३८ बजे

आजका समाचार : प्रधानमन्त्रीले खोजे नतिजा, बिल नतिर्ने उद्योगको खाता रोक्का हुँदै, मध्यपूर्व रोकियो युद्ध

लक्ष्य हासिल गर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री केपी शर्मा

अबको रणनीति निर्यात बढाउनु हो : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अबको रणनीति

जनताले विकल्प खोज्ने बेला आयो : राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले विकल्प

कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सिङ्गो पार्टी

‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’

नारायणगढ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको फार्मेसीमा सबै