आमिर दम्पतीद्वारा अलग्गिने घोषणा « Khabarhub

आमिर दम्पतीद्वारा अलग्गिने घोषणा


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(इण्डियन एक्सप्रेस)– बलिउड अभिनेता आमिर खान र उनकी श्रीमति किरण राव अलग्गिने घोषणा गरेका छन् । विवाहको १५ वर्षपछि यो जोडीले एक विज्ञप्तीमार्फत आफूहरु अलग्गिने घोषणा गरेका हुन् । उनीहरुको एक सन्तान आजाद राव खान छन् ।

‘यी १५ सुन्दर वर्षहरुमा हामीले एकसाथ जीवनभरका अनुभव, खुशी, हाँसो बाडेका छौं । हाम्रो सम्बन्ध केवल विश्वास, सम्मान र प्रेममा बढेको छ । अब हामी जीवनको एउटा नयाँ अध्याय सुरु गर्न चाहन्छौं– त्यो पति र पत्नीको रुपमा हुने छैन । हामी सह–आमाबाबु र परिवारका रुपमा मात्र रहनेछौं’, विज्ञप्तीमा भनिएको छ ।

उनीहरुले यसअघि नै अलग्गिने तयारी भए पनि अहिले सही समय आएको उल्लेख गरेका छन् । ‘हामीहरुले केही समय पहिले नै योजनाबद्ध किसिमले अलग्गिने तयारी थालेका थियौं । अहिले भने यो कामलाई औपचारिकता दिन सहज महशुस गरेका छौं । हामी छोरा आजादप्रति समर्पित अभिभावकहरु नै छौं, जसलाई हामी पालनपोषण गर्नेछौं र सँगै हुर्काउनेछौं । हामी फिल्म, पानी फाउण्डेसन र अन्य प्रोजेक्टहरुमा सहयोगीका रुपमा काम जारी राख्नेछौं’, विज्ञप्तीमा उल्लेख छ ।

आमिर र किरणको पहिलो भेट फिल्म ‘लगान’को सेटमा भएको थियो । यो फिल्ममा किरण सहायक निर्देशक थिइन् । केही समय सँगै बिताएपछि उनीहरुले सन् २००५ को डिसेम्बर २८ मा विवाह गरेका थिए । उनीहरुले पहिलो सन्तान आजादलाई सरोगेसीका रुपमा सन् २०११ मा जन्म दिएका थिए ।

आमिरले यसअघि रीना दत्तसँग विवाह गरेका थिए । विवाहको १६ वर्षपछि उनीहरुले सन् २००२ मा डिभोर्स गरेका थिए । उनीहरुको छोरी इरा र छोरा जुनैद छन् ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १२ : १९ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको