आमिर दम्पतीद्वारा अलग्गिने घोषणा « Khabarhub

आमिर दम्पतीद्वारा अलग्गिने घोषणा


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(इण्डियन एक्सप्रेस)– बलिउड अभिनेता आमिर खान र उनकी श्रीमति किरण राव अलग्गिने घोषणा गरेका छन् । विवाहको १५ वर्षपछि यो जोडीले एक विज्ञप्तीमार्फत आफूहरु अलग्गिने घोषणा गरेका हुन् । उनीहरुको एक सन्तान आजाद राव खान छन् ।

‘यी १५ सुन्दर वर्षहरुमा हामीले एकसाथ जीवनभरका अनुभव, खुशी, हाँसो बाडेका छौं । हाम्रो सम्बन्ध केवल विश्वास, सम्मान र प्रेममा बढेको छ । अब हामी जीवनको एउटा नयाँ अध्याय सुरु गर्न चाहन्छौं– त्यो पति र पत्नीको रुपमा हुने छैन । हामी सह–आमाबाबु र परिवारका रुपमा मात्र रहनेछौं’, विज्ञप्तीमा भनिएको छ ।

उनीहरुले यसअघि नै अलग्गिने तयारी भए पनि अहिले सही समय आएको उल्लेख गरेका छन् । ‘हामीहरुले केही समय पहिले नै योजनाबद्ध किसिमले अलग्गिने तयारी थालेका थियौं । अहिले भने यो कामलाई औपचारिकता दिन सहज महशुस गरेका छौं । हामी छोरा आजादप्रति समर्पित अभिभावकहरु नै छौं, जसलाई हामी पालनपोषण गर्नेछौं र सँगै हुर्काउनेछौं । हामी फिल्म, पानी फाउण्डेसन र अन्य प्रोजेक्टहरुमा सहयोगीका रुपमा काम जारी राख्नेछौं’, विज्ञप्तीमा उल्लेख छ ।

आमिर र किरणको पहिलो भेट फिल्म ‘लगान’को सेटमा भएको थियो । यो फिल्ममा किरण सहायक निर्देशक थिइन् । केही समय सँगै बिताएपछि उनीहरुले सन् २००५ को डिसेम्बर २८ मा विवाह गरेका थिए । उनीहरुले पहिलो सन्तान आजादलाई सरोगेसीका रुपमा सन् २०११ मा जन्म दिएका थिए ।

आमिरले यसअघि रीना दत्तसँग विवाह गरेका थिए । विवाहको १६ वर्षपछि उनीहरुले सन् २००२ मा डिभोर्स गरेका थिए । उनीहरुको छोरी इरा र छोरा जुनैद छन् ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १२ : १९ बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको