सहमति र सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता | Khabarhub Khabarhub

सहमति र सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कार्यपालिका बैठक छलेर एकलौटी रुपमा आफ्नो निर्णय गर्ने गरेको आरोप लागेसँगै आगामी दिनमा सबै सदस्यसँग छलफल गरी अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

महानगरपालिकामा यही असार १० गतेअघि बढेको छैटौँ नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा सदस्यहरुले नगरसभा बहिष्कार गरेसँगै चार दिनअघि बुधबार समझदारीपत्रमा हस्ताक्षर गरी अब मिलेर अघि बढ्ने जानकारी गराएका हुन् ।

सो सहमतिपत्रमा प्रमुख महर्जनका साथै नेकपा एमालेका तर्फबाट निर्वाचित कार्यपालिका सदस्यको प्रतिनिधित्व गरी नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन र नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडा नं २१ खोकनाका वडाध्यक्ष रवीन्द्र महर्जनले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा कार्यपालिका बैठकमा सबैसँग समन्वय र सहकार्य गरी अघि बढ्ने, विभिन्न समयमा राखेका ध्यानाकर्षण, ज्ञापन र असहमतिका कामबारे आउँदो २३ गते टुङ्ग्याउने र कार्यपालिका बैठक नियमित रुपमा राख्दै जाने उल्लेख गरिएको छ ।

प्रमुख महर्जनमाथि बोर्डमा निर्णय नगरी दरबन्दी नै नभएको वरिष्ठ नगर प्रहरी निरीक्षक भर्ती र नगर प्रहरीको पोसाक परिवर्तन, मनोमानी रुपमा बोलपत्र आह्वान, चिडियाखाना अनि धुर्मुस सुन्तली फाउन्डेशनलाई एकलौटी निर्णयका आधारमा आर्थिक बाँडफाँट, आफ्नै निर्णयका आधारमा मात्रै कारोनाबाट मृत्यु भएका परिवारलाई गर्ने भनिएको रकम सहयोग, सम्पदा क्षेत्रको काम गर्न दरभाउ निर्धारण नगरी त्यसैअघि बढेकोलगायतका आरोप लगाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १२ : ३४ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको