‘कसौटी जिन्दगी की’ अभिनेता प्राचीन पक्राउ « Khabarhub

‘कसौटी जिन्दगी की’ अभिनेता प्राचीन पक्राउ


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– निर्मात्री एकता कपूरको टेलिभिजन शो ‘कसौटी जिन्दगी की’बाट डेब्यू गरेका अभिनेता प्राचीन चौहानलाई मुम्बईको मलाड इस्ट पुलिसले पक्राउ गरेको छ । उनीमाथि महिलालाई दुव्र्यवहार गरेको आरोप छ ।

एक पीडित महिलाले मलाड प्रहरी चौकीमा प्राचीनविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले भारतीय दण्ड संहिताको धारा ३५४, ३४२, ३२३ र ५०६(२)मा मुद्धा दर्ता गराएको हो । यसअघि टेलिभिजन अभिनेता पर्ल वी पुरीलाई नाबालिगलाई बलात्कार गरेको मामलामा पक्राउ गरिएको थियो । यद्यपि उनी जमानतमा रिहा भइसकेका छन् ।

प्राचीनले ‘कसौटी जिन्दगी की’मा सुब्रतो बसुको भूमिका निभाएका थिए । यसपछि उनले ‘कुछ झुकी पालके’, ‘सिन्दूर तेरे नाम का सात फेरे’मा अभिनय गरेका छन् ।

प्राचीनले युट्युबमा शिट्टी आइडियाज ट्रेण्डिङको वेब सीरीज ‘प्यार का पञ्च’मा छवि मित्तल र पूजा गौरसँग काम गरेका छन् ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १ : ३१ बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको