‘कसौटी जिन्दगी की’ अभिनेता प्राचीन पक्राउ « Khabarhub

‘कसौटी जिन्दगी की’ अभिनेता प्राचीन पक्राउ


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– निर्मात्री एकता कपूरको टेलिभिजन शो ‘कसौटी जिन्दगी की’बाट डेब्यू गरेका अभिनेता प्राचीन चौहानलाई मुम्बईको मलाड इस्ट पुलिसले पक्राउ गरेको छ । उनीमाथि महिलालाई दुव्र्यवहार गरेको आरोप छ ।

एक पीडित महिलाले मलाड प्रहरी चौकीमा प्राचीनविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले भारतीय दण्ड संहिताको धारा ३५४, ३४२, ३२३ र ५०६(२)मा मुद्धा दर्ता गराएको हो । यसअघि टेलिभिजन अभिनेता पर्ल वी पुरीलाई नाबालिगलाई बलात्कार गरेको मामलामा पक्राउ गरिएको थियो । यद्यपि उनी जमानतमा रिहा भइसकेका छन् ।

प्राचीनले ‘कसौटी जिन्दगी की’मा सुब्रतो बसुको भूमिका निभाएका थिए । यसपछि उनले ‘कुछ झुकी पालके’, ‘सिन्दूर तेरे नाम का सात फेरे’मा अभिनय गरेका छन् ।

प्राचीनले युट्युबमा शिट्टी आइडियाज ट्रेण्डिङको वेब सीरीज ‘प्यार का पञ्च’मा छवि मित्तल र पूजा गौरसँग काम गरेका छन् ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १ : ३१ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको