फरार प्रतिवादी १० वर्षपछि पक्राउ | Khabarhub Khabarhub

फरार प्रतिवादी १० वर्षपछि पक्राउ


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला अदालत सुर्खेतले २०६८ भदौ २८ गते ज्यान मार्ने उद्योगको मुद्दामा पाँच वर्ष कैदको फैसला सुनाइएका दुल्लु नगरपालिका–६ दैलेख छिउडी पुसाकोटका ३४ वर्षीय प्रदीप खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार वीरेन्द्रनगर बजारबाट पक्राउ गरी एन्टिजेन परीक्षणपश्चात् सुर्खेत जिल्ला अदालतमा बुझाइएको जिप्रका सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

त्यस्तै जिल्ला अदालत सुर्खेतको २०७६ पुस २ गतेको फैसलाले नौ वर्ष दुई महिना १३ दिन कैदसहित रु २५ हजार जरिवानाको फैसला गरिएका मानव बेचविखन ओसारपसार मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेतका ४० वर्षीय भीमप्रसाद न्यौपानेलाई पनि पक्राउ गरी अदालतमा बुझाइएको प्रहरी उपरीक्षक विष्टले बताए ।

त्यसैगरी चेक अनादर मुद्दामा अदालतले २०७७ असार १० गते रु ४२ हजार ५०० जरिवाना हुने गरी फैसला सुनाइएका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत कालागाउँका ४६ वर्षीय धर्मराज गिरीलाई समेत पक्राउ गरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  २ : १५ बजे

भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

भोजपुर– भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ ।

पहिरोले कोदारी राजमार्ग अवरुद्ध, छ सय ‘कन्टेनर’ सीमापारि

चौतारा– पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल

नबिल बैंकको म्युचुअल फण्ड ‘एन आई ३१’ निष्काशन, कस्तो छ सुरपरिवेक्षको योग्यता ?   

काठमाडौं– नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो 

काठमाडौं –स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि साधारण

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता