पार्टीको क्रियाशील सदस्यता वितरणमा सभापति देउवाको चासो, छिटो काम सक्न निर्देशन | Khabarhub Khabarhub

पार्टीको क्रियाशील सदस्यता वितरणमा सभापति देउवाको चासो, छिटो काम सक्न निर्देशन


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यताको विवादका कारण महाधिवेशन प्रभावित पार्न नहुने भन्दै छिटै काम सक्न निर्देशन दिएका छन् ।

क्रियाशील सदस्यता नविकरण र वितरणका विषयमा देखिएको समस्याका बारेमा जानकारी लिन आफू निकट नेताहरुलाई छलफलका लागि बोलाएका सभापति देउवाले महाधिवेशन कुनै पनि हालतमा गर्नुपर्ने भन्दै सदस्यताका कारण महाधिवेशन प्रभावित पार्न नहुने बताएका हुन् ।

आजको छलफलमा सभापति देउवा पक्षले क्रियाशील सदस्यता वितरण र नविकरणमा धेरै विवाद भएका स्थानमा १३ औं महाविधेशन प्रतिनिधि कायम गर्ने निर्णय गरेको छ ।

क्रियाशील सदस्यता वितरण र नविकरणका बारेमा भइरहेको प्रगतिका बारेमा छलफल गर्न सभापति देउवाले आफू पक्षका नेताहरुलाई छलफलका लागि बोलाएका थिए । छलफलका लागि क्रियाशील सदस्यता छानविन समितिमा रहेका देउवा पक्षका नेताहरु रमेश लेखक, आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरीसहितका आफू पक्षका नेताहरुलाई सभापति देउवाले बोलाएका थिए ।

छलफलमा उपसभापति विमलेन्द्र निधीसहितका देउवा पक्षका अन्य नेताहरु समेत सहभागी थिए । छलफलमा विवाद भएका स्थानको क्रियाशील सदस्यता वितरण र नविकरणलाई सकभर समाधान गर्न प्रयास गर्ने तर समाधान नै नहुने अवस्था आएमा यसअघिकै महाधिवेशन प्रतिनिधि कायम गरेर तोकिएको मितिमा महाधिवेशन गर्ने अनौपचारिक सहमति जुटेको नेता एनपी साउदले जानकारी दिए । उनले भने, ‘छानविन समितिमा रहेका केही नेताहरुलाई सभापतिले बोलाउनु भएको थियो । छलफलका क्रममा विवाद धेरै रहेका स्थानमा पुरानै क्रियाशील सदस्य कायम गरेर अघि बढ्ने अनौपचारिक सहमति जुटेको छ । तर यो कांग्रेसको संस्थागत निर्णय भने होइन ।’

यसअघि शुक्रबार बसेको कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुसहित सदस्यता छानविन समितिको बैठकले सहमतिका आधारमा सदस्यता विवाद समाधान गर्ने निर्णय गरेको थियो । क्रियाशील सदस्यता छानविन समिति सदस्य कल्याण गुरुङका अनुसार शुक्रबारको बैठकले विवादित विषयमा सर्वसम्मत रुपमा सहमति गरेर अघि बढ्ने निर्णय भएको थियो ।

त्यसैअनुसार सभापति देउवाले आफू पक्षका नेताहरुलाई छलफलका लागि आफ्नै निवासमा बोलाएका थिए । सभापति देउवा निवासमा भएको छलफलमा क्रियाशील सदस्यताको विवाद समाधान गरेर अघि बढ्न आग्रह गरेको नेता योगेन्द्र चौधरीले जानकारी दिए ।

सभापति देउवाको निर्देशन उदृत गर्दै उनले भने, ‘क्रियाशील सदस्यता छानविन समितिलाई काम सक्न दिनुहोस् । यो काम नसक्दा शेरबहादुरका कारण महाधिवेशन हुन सकेन भन्ने आरोप लाग्छ । कुनै पनि हालतमा मेरा कारणले महाधिवेशन भएन भन्ने अवस्था सिर्जना नहोस् । छानविन समितिका कारण महाधिवेशन हुन सकेन भन्ने विषयले मलाई समेत समस्यामा पार्छ । महाधिवेशन तोकिएको मिति गर्नुपर्छ ।’

कांग्रेसको आगामी महाधिवेशनका लागि क्रियाशील सदस्यको संख्या दोब्बर बनाउने निर्णय यसअघि कांग्रेसले गरिसकेको छ । सबै तहमा कायम रहेका सदस्यहरुलाई दोब्बर बनाउन कांग्रेसले भनेको थियो । त्यसैअनुसार विभिन्न जिल्लाबाट सदस्यताका लागि निवेदन आएको तर कतिपय स्थानबाट तोकिएकोभन्दा बढी सदस्यताका लागि सिफारिस भएर आएकाले समस्या सिर्जना भएको थियो । तर कांग्रेसले तोकिएकोभन्दा बढी सिफारिस भई आएका सदस्यतालाई अस्वीकार गर्ने निर्णय शुक्रबार बसेको बैठकले गरिसकेको छ । क्रियाशील सदस्यता छानविन समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले भने, ‘वडामा एक सय जना छ भने १ सय थपेर नयाँ दिने भनिएको थियो । तर कुनैले धेरै थपेर पठाएका थिए । १ सय भन्दा बढी सिफारिस भएकोलाई के गर्ने भन्ने थियो । तर अब तोकिएको भन्दा बढी सिफारिस भएकालाई सदस्यता नदिइने निर्णय भएको छ ।’

त्यस्तै कांग्रेसमा समायोजन भएको तत्कालीन फोरम लोकतान्त्रिकका तर्फबाट क्रियाशील सदस्यताका लागि फारम पठाइएको भएपनि कतिपय जिल्लाले फारम नै वितरण नगरेको देखिएको उनले बताए । तर अब भने समायोजनका बेला तत्कालीन फोरम लोकतान्त्रिकले कांग्रेस उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिलाई बुझाएको सदस्यता अनुसार कसैको नाम छुटेको भए निवेदन दिएर सदस्यता दिने समझदारी शुक्रबार भएको थियो ।

त्यसबाहेक सबैभन्दा धेरै विवादित रहेको विषय भने व्यक्तिगत रुपमा कांग्रेस प्रवेश गरेका तत्कालीन एमाले नेता मोहनसिंह राठौरसहित संघीय समाजवादी फोरमबाट कांग्रेस प्रवेश गरेका अभिषेक प्रताप शाहका तर्फबाट क्रियाशील सदस्य कसलाई दिने भन्ने विषय रहेको छ । यसअघि कांग्रेस प्रवेश गरेका नेताहरुको सिफारिसमा क्रियाशील सदस्यता दिने सहमति जुटेको भएपनि अहिले यो विषय कांग्रेसभित्र सबैभन्दा धेरै विवादित छ । अब व्यक्तिगत रुपमा कांग्रेस प्रवेश गरेका नेताहरुले प्रस्ताव गरेको क्रियाशील सदस्यताका विषयमा विवाद सिर्जना भए केन्द्रले टुंगो लगाउने सहमति जुटेको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ६ : २२ बजे

प्रदर्शनरत फिल्मका मुख्य अंश सामाजिक सञ्जालमा नराख्न बोर्डको चेतावनी

काठमाडौं– चलचित्र विकास बोर्डले नेपाली चलचित्र तथा चलचित्रका मुख्य अंशहरूको

चितवन पुगेर रविले : दशैंपछि मलाई मुद्दा लगाउने तयारी गर्दैछन्

  काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सरकारले

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

वीरगन्ज – सिमलताल बस दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई

मुन्धुम मन्थन : सीमान्तकृत ‘न्यारेटिभ’

मूलतः म कविता लेख्ने मान्छे हो । तर, मैले नलेखेको

मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल वनस्पति घ्यू तेल