‘फ्रेण्डसिप’मा क्रिकेटर हरभजन ‘हिरो’ « Khabarhub

‘फ्रेण्डसिप’मा क्रिकेटर हरभजन ‘हिरो’


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– भारतीय क्रिकेटर हरभजन सिंहको जन्मदिनको अवसर पारेर टफेनड स्टूडियोले ‘फ्रेण्डसिप’ नामक फिल्मको घोषणा गर्दै उनको फिल्मको डेब्यू घोषणा गरेको छ । फिल्ममा अर्जुन र लोसलियाको पनि प्रमुख भूमिकामा अभिनय रहनेछ ।

निर्माताहरुले सिंह र उनका साथीका साथ ‘रापचिक’ अवतारको एक पोस्टरसँगै लिरिकल भिडियो पनि सार्वजनिक गरेका छन् । हरभजनले यसअघि स–सानो भूमिका र अतिथि भूमिकामा फिल्ममा अभिनय गरिसकेका छन् । तर पूर्ण रुपमा ‘हिरो’को रुपमा भने यो नै उनको पहिलो हो ।

हरभजन विशेष गरी पञ्जाबमा लोकप्रिय छन् । सन् २०१८ मा चेन्नई सुपर किंग्स आइपीएल टिममा उनको प्रदर्शनका कारण उनी भारतमै लोकप्रिय बने । उनले अभिनय गर्ने लागेको यो फिल्मले दोस्ती, एक्शन, खेल र भावनालाई समेटेर सामाजिक विषयवस्तु देखाउनेछ ।

यसै वर्ष रिलिज हुने यो फिल्म हिन्दी, तेलुगु र तमिल भाषामा रिलिज हुनेछ । फिल्ममा जोन पल राज र शाम सूर्याको निर्देशन हुनेछ । फिल्ममा किरण रेड्डी मण्डाडी निर्माता र राम मद्दुकुरी सहनिर्माता छन् ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ६ : ५० बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको