‘फ्रेण्डसिप’मा क्रिकेटर हरभजन ‘हिरो’ « Khabarhub

‘फ्रेण्डसिप’मा क्रिकेटर हरभजन ‘हिरो’


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– भारतीय क्रिकेटर हरभजन सिंहको जन्मदिनको अवसर पारेर टफेनड स्टूडियोले ‘फ्रेण्डसिप’ नामक फिल्मको घोषणा गर्दै उनको फिल्मको डेब्यू घोषणा गरेको छ । फिल्ममा अर्जुन र लोसलियाको पनि प्रमुख भूमिकामा अभिनय रहनेछ ।

निर्माताहरुले सिंह र उनका साथीका साथ ‘रापचिक’ अवतारको एक पोस्टरसँगै लिरिकल भिडियो पनि सार्वजनिक गरेका छन् । हरभजनले यसअघि स–सानो भूमिका र अतिथि भूमिकामा फिल्ममा अभिनय गरिसकेका छन् । तर पूर्ण रुपमा ‘हिरो’को रुपमा भने यो नै उनको पहिलो हो ।

हरभजन विशेष गरी पञ्जाबमा लोकप्रिय छन् । सन् २०१८ मा चेन्नई सुपर किंग्स आइपीएल टिममा उनको प्रदर्शनका कारण उनी भारतमै लोकप्रिय बने । उनले अभिनय गर्ने लागेको यो फिल्मले दोस्ती, एक्शन, खेल र भावनालाई समेटेर सामाजिक विषयवस्तु देखाउनेछ ।

यसै वर्ष रिलिज हुने यो फिल्म हिन्दी, तेलुगु र तमिल भाषामा रिलिज हुनेछ । फिल्ममा जोन पल राज र शाम सूर्याको निर्देशन हुनेछ । फिल्ममा किरण रेड्डी मण्डाडी निर्माता र राम मद्दुकुरी सहनिर्माता छन् ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ६ : ५० बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको