दुर्घटनामा दुईको मृत्यु, दुई घाइते « Khabarhub

दुर्घटनामा दुईको मृत्यु, दुई घाइते


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिरहाको लहान नगरपालिका–१७ का २८ वर्षीय रामशङ्कर यादव र सप्तरीको शम्भुनाथ नगरपालिका–५ का २९ वर्षीय बुधसागर चौधरी रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

यादव प्रदेश नं २–०१–००१ प ९५५६ नंको मोटरसाइकल र चौधरी स.११ प ४०३८ नंको मोटरसाइकलमा सवार थिए । बसलाई ओभरटेक गर्ने क्रममा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।

चौधरीले चलाएको मोटरसाइकल पछाडि सवार सप्तरीको शम्भुनाथ–७ का २८ वर्षीय आनन्द चौधरी र यादवले चलाएको मोटरसाइकल पछाडि सवार सिरहाको लहान–२० की २३ वर्षीय सोनम चौधरी घाइते भएका छन् । उनीहरूको उपचार लहानमा भइरहेको छ ।

शव लहान नगरपालिकास्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । – रासस

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ७ : ४० बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक