यूएई प्रवेश गर्ने नेपालीले क्यूआर कोर्ड भएको खोपको प्रमाणपत्र बोक्नु पर्ने « Khabarhub

यूएई प्रवेश गर्ने नेपालीले क्यूआर कोर्ड भएको खोपको प्रमाणपत्र बोक्नु पर्ने


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- यूएई प्रवेश गर्ने नेपालीले क्यूआर कोर्ड भएको कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने भएको छ ।

यूएईस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै अब यूएई आउन चाहने नेपाली श्रमिकलाई क्यूआर कोडसहित कोरोना खोप प्रमाणीकरण गरेर मात्र आउन अनुरोध गरेको छ ।

दूतावासका अनुसार पछिल्लो समय खाडीलगायत धेरै देशहरुले यात्रुको खोप लगाएको प्रमाणमा क्यूआर कोड पनि मागिरहेकाले यूएईले पनि चाँडै यस्तो नियम लगाउन सक्ने भन्दै क्यूआर कोड लिन आग्रह गरेको जनाएको छ ।

दूतावासले हाल नेपालमा नयाँ राहदानी बनाउन फर्किएका र नवीकरण गर्ने योजनामा रहेका नेपालीलाई खोप नलगाएको खण्डमा अनिवार्य खोप लिन र क्यूआर कोर्ड प्राप्त गर्न अनुरोध गरिएको छ ।

दूतावासले नेपालमा रहेका आफन्तलाई यस विषयमा जानकारी दिन पनि यूएईमा रहेका नेपालीलाई आग्रह गरेको छ । यस्तै यूएईमा रहेर कोरोनाको खोप लिइसकेका नेपाली नागरिकले त्यो खोप लगाएको प्रमाण साथमा बोकेर विदेश यात्रा गर्न सकिने दूतावासले जनाएको छ ।

यसैगरी कुवेतले क्यूआर कोर्डसहित खोप लगाएको प्रमाणपत्र साथमा बोकेर मात्र प्रवेश गर्न पाइने नियम लागू गरेको छ ।

कुवेतले जहाजमा चढ्नुभन्दा ७२ घण्टा पहिलको कोरोना नेगेटिभ रिपोर्ट पनि अनिवार्य गरेको छ भने प्रवेश गरेको सात दिनसम्म घरमै क्वारेन्टिन बस्नुपर्ने जनाएको छ ।

तर तीन दिनमै कोरोना रिपोर्ट नेगेटिभ देखाएमा एक हप्तासम्म क्वारेन्टिन बसिरहनु नपर्ने कुवेतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १० : ११ बजे

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन