साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल « Khabarhub

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट- कोभिड–१९ को दोस्रो लहरपछि बन्द कुश्मा–बागलङको बन्जी पुल फेरि खुला गरिएको छ ।

कोरोनाको दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने यहाँ अहिले मानिसहरुको खासै चहलपहल छैन ।

पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण भएको बन्जी र स्विङ कोरोना कहरले बढी प्रभावित भएको छ ।

विसं २०७७ कात्तिक १५ देखि सञ्चालनमा आएको बन्जी केही समयमै कोरोनाका कारण बन्द भएको थियो । कोरोनाको दोस्रो लहरअघि पर्यटकले भरिभराउ भइरहेको समयमा पुनः बन्द हुन पुगेको बन्जी र स्विङ पुल अहिले फेरि साहसिक पर्यटकको पर्खाइमा छ ।

झण्डै २० करोडको लगानीमा सञ्चालनमा आएको बन्जी निषेधाज्ञा खुकुलो भएसँगै पुनः सञ्चालनमा आएको बन्जी र स्विङ सञ्चालन गर्ने द क्लिफ प्रालिले जनाएको छ ।

दोस्रो लहरपछि बन्द भएको उक्त साहसिक परियोजना निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य मापदण्ड अपनाएर एक हप्तादेखि सञ्चालनमा आएको द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

द क्लिफ प्रालिअन्तर्गत बन्जी, स्विङ, स्काई साइक्लिङ र बागलुङ नगरपलिका–१४ नारायणस्थानमा द क्लिफ रिसोर्टसमेत सञ्चालनमा छ । निषेधाज्ञामा स्काई चियर, प्रार्थना हातलगायतमा अन्य संरचना थपिएका छन् । उक्त संरचना बागलुङको बलेवामा छन् ।

“अहिले २०/२५ जना पुल र रिसोर्ट अवलोकन गर्ने र आठ/दस जनाले बन्जी र स्विङ गर्न थालेका छन्, स्वास्थ्य मापदण्ड अपनाएर एक हप्तादेखि शुरु गरेका छौँ”, अध्यक्ष कार्कीले भने, “दुई महिना ठप्प भयो, अहिले त कर्मचारीलाई तलब खुवाउन पुग्ला, पूर्णरूपमा कोरोना साम्य नभएसम्म लक्ष्यअनुरूपको साहसिक पर्यटक आउन समस्या छ, म्याग्दी, मुस्ताङलगायतका पदमार्ग खुल्ला भएमा बल्ल साहसिक पर्यटक आउनेछन्, अहिले साहसिक पर्यटकको पखाइमा छौँ भन्दा हुन्छ ।”

यहाँ साहसिक खेल र रिसोर्टमा ७० जना कर्मचारीले रोजगारी पाएका छन् । पचास प्रतिशत बाह्य पर्यटकको अपेक्षा गरेको बन्जी र स्विङमा अहिले आन्तरिक पर्यटक मात्र छिटफुट आउन थालेको जनाइएको छ ।

कालीगण्डकीको खोँचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्विङ र स्काई साइक्लिङलगायत सहासिक खेल पर्यटकको प्रमुख आकर्षण बन्दै गए पनि कोरोनाका कारण पहिलो गाँसमै ढुङ्गा जस्तो भएको छ ।

विसं २०७३ देखि पुलको निर्माण शुरु गरिएको थियो भने पुलसँगै रिसोर्टको निर्माण २०७६ मा सकिएको थियो ।

पाँच सय २५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि बन्जी र स्विङका लागि जम्प गर्ने प्लाटफर्म छ ।  खोलादेखि पुलको उचाइ २२८ मिटर छ ।

कम्पनीले विश्वकै दोस्रो अग्लो बन्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ । नेपालका अन्य स्थानभन्दा अग्लो र फरक भौगोलिक वातावरणका कारण यहाँको बन्जी र स्विङप्रति धेरैको आकर्षण छ ।

बन्जी र स्विङ दुवैको मूल्य रु सात हजार तोकिएको छ भने जोडी स्विङको रु १२ हजार शुल्क तोकिएको छ । प्रालिको अर्को आकर्षण गुलेली पिङसमेत छ । कालीगण्डकी खोँचको स्काई साइक्लिङ २२८ मिटर अग्लो रहेको प्रालिको भनाइ छ । प्रालिमा कार्कीसहित अन्य पाँच जनाको लगानी छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ११ : २६ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज

भिजिट भिसा प्रकरण: तीर्थराज भट्टराईलाई २५ लाख धरौटी माग्ने आदेश

काठमाडौं- भिजिट भिसा अनियमितता प्रकरणमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा