जुलाईमा तीन हजार विदेशी पर्यटक नेपाल भित्रिए « Khabarhub

जुलाईमा तीन हजार विदेशी पर्यटक नेपाल भित्रिए


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०२१ को जुलाई महिनामा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महिनामा दुई हजार ९९१ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ ।

पछिल्लो समय सरकारले निषेधाज्ञामा केही खुकुलो बनाएसँगै विदेशी पर्यटक नेपाल भित्रन थालेका हुन । गत जुन महिनामा (निषेधाज्ञाको बीचमा) एक हजार १४३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

विभागका अनुसार जुलाई महिनामा ९९ देशबाट एक हजार ९४० पुरुष, एक हजार ५० महिला र एक जना अन्य नागरिक नेपाल भित्रिएका छन् ।

सो अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तीन हजार १५७ विदेशी पर्यटक आ आफ्नो देश फर्किएका छन् । पछिल्लो समय कोरोना महामारीका कारण नेपाल भित्रनेभन्दा बाहिरिने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।

सबैभन्दा बढी भारतबाट भित्रिए विदेशी नागरिक

पछिल्लो एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतबाट सबैभन्दा बढी विदेशी नागरिक भित्रिएका छन् । सो अवधिमा नेपाल आएका ९९ देशका नागरिकमध्ये भारतबाट सबैभन्दा बढी एक हजार १०५ जना नेपाल आएका हुन् ।

भारतपछि अमेरिकाबाट ८१९, बेलायतबाट १८५, टर्कीबाट १६५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । दक्षिण एशियाली मुलुकमध्ये जुलाई महिनामा बङ्गलादेशबाट चार, भुटानबाट १४, पाकिस्तानबाट पाँच र श्रीलङ्काबाट तीन पर्यटक नेपाल आएका छन् ।

यस्तै, क्यानडाबाट ७८, चीनबाट ५०, बेल्जियमबाट ४५, फ्रान्सबाट ४१, नेदरल्याण्डबाट २६, रुसबाट १९ जना पर्यटक नेपाल आएका छन् ।

२५ हजार नेपाली स्वदेश फर्किए

अध्यागमन विभागका अनुसार गत जुलाई महिनामा २५ हजार २०५ नेपाली नागरिक स्वदेश फर्किएका छन् । तीमध्ये २१ हजार ५०९ पुरुष, तीन हजार ६९३ महिला र तीन जनाअन्य नागरिक रहेका छन् ।

सो अवधिमा नेपाली र विदेशी गरी २८ हजार १९६ जना नेपाल भित्रिएका छन् । यस्तै, सो अवधिमा २१ हजार ८७७ जना नेपालीसहित कूल २५ हजार ३४ जना नेपालबाट बाहिरिएका छन् ।

गत जुन महिनामा १३ हजार २५६ जना नेपाली तथा विदेशी नागरिक नेपालबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १ : ०६ बजे

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं– अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा