दार्चुला घटनाबारे छानबिन गर्न प्रतिनिधिसभा सांसदहरुको माग « Khabarhub

दार्चुला घटनाबारे छानबिन गर्न प्रतिनिधिसभा सांसदहरुको माग


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाटमा भएको घटनाबारे छानबिन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले दार्चुला घटनाका दोषी भारतीय एसएसबीलाई कारवाही गर्नुपर्ने र मृतकका आफन्तलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।

सांसद विमला नेपालीले भनिन् “दार्चुला जिल्लाको महाकाली नदी तर्ने क्रममा तुइन काटिदिँदा जयसिंह धामी बेपत्ता भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराउन चाहान्छु, घटनाबारे सत्यतथ्य छनबिन गर्न समेत माग गर्दछु ।”

यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको बताइएको छ ।

सांसद विमला विकले बर्दिया जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोका कारण पुल भत्किएकोबारे सरकारको ध्यानाकषर्ण गराउँदै सो पुलको पुनःनिर्माणका लागि आग्रह गरिन् ।

सांसद वृजेषकुमार गुप्ताले भैरहवादेखि कपिलवस्तुसम्मको बाटो निर्माण भएको ६ महिनामै भत्किएको बताउँदै ठेकेदारलाई कारवाही गर्नुपर्ने माग गरे ।

सांसद भरतकुमार शाहले नागरिकतासम्बन्धी विधेयकलाई जतिसक्दो चाँडो अगाडि बढाउन अनुरोध गरे । सांसद भीमसेनदास प्रधानले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोरोना खोपको व्यवस्था गर्न माग गरे ।

सांसद भूमिप्रसाद त्रिपाठीले दार्चुला घटना अमानवीय घटना भएको जनाउँदै कारवाहीको माग गरे । सांसद महेश बस्नेतले कोभिड विरुद्धको खोपलाई व्यवस्थित गर्नुपर्नेलगायत जनताका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद महेश्वर गहतराजले दार्चुलामा भारतीय सेनाद्वारा गरिएको अमानवीय व्यवहारको विरोध गरेका थिए ।

सांसद मायादेवी न्यौपानेले मनाङ जिल्लामा बाढीपहिरोका कारण पीडित भएका स्थानीयवासीलाई राहतको व्यवस्था गर्न माग गरिन् ।

सांसद मीनबहादुर विश्वकर्माले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको लापरवाही र अनियमितता रोक्न अनुरोध गरे।

सांसद मोहन बानियाँले जयसिंह धामीलाई महाकाली नदीमा खसालिएको घटनाको घोर भर्त्सना गरे । उनले घटनाबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने पनि माग गरे ।

सांसद योगेशकुमार भट्टराईले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरे । सांसद राजबहादुर बुढाक्षेत्रीले दार्चुला घटना पहिलो पटक नभएको भन्दै छानबिन गर्न आग्रह गरे । सांसद राजेन्द्रकुमार राईले धनकुटा जिल्लामा कोरोना बढ्दै गएको बताउँदै खोपको व्यवस्था गर्न माग गरे ।

सांसद राजेन्द्रप्रसाद गौतमले दार्चुलामा तुइन काटेर नदीका खसाल्नु अन्तर्राष्टिय फौजदारी अपराध भएको बताए ।

सांसद रामबहादुर विष्ट, रामवीर मानन्धर, रामेश्वर राययादव, मीना सुब्बा, रेनुका गुरुङ, मेखमणि चौधरी, रामकुमारी झाँक्री, यज्ञराज सुनुवारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ४ : २५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको