शिक्षक सेवा आयोगले पूर्णता पायो, अध्यक्षमा रेग्मी नियुक्त  | Khabarhub Khabarhub

शिक्षक सेवा आयोगले पूर्णता पायो, अध्यक्षमा रेग्मी नियुक्त 


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लामो समयदेखि रिक्त रहेको शिक्षक सेवा आयोगले पूर्णता पाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको अध्यक्षमा पूर्व सचिव मधुप्रसाद रेग्मी र सदस्यमा नन्दकुमारी महर्जन र डा.डिल्लिराम रिमाललाई नियुक्त गरेसँगै आयोगले पूर्णता पाएको हो ।

तत्कालीन लोक सेवा आयोका प्रमुख उमेशप्रसाद मैनाली अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र तत्कालीन शिक्षा सचिव गोपीनाथ मैनाली सदस्य रहेको सिफारिस समितिले गत पुसमा नै तीन जनालाई नियुक्तिका लागि सिफारिस गरे पनि उनीहरुलाई सरकारले मंगलबार नियुक्त गरेको हो ।

रेग्मी पूर्व सचिव हुन् भने महर्जन जनसेवा मावि कीर्तिपुरकी सेवा निवृत्त प्रधानाध्यापक र रिमाल शिक्षा मन्त्रालयका पूर्व सहसचिव हुन् । आयोगका पूर्व अध्यक्ष ताना गौतमले २०७७ असोजमा अवकाश पाएपछि आयोग पूर्णरूपमा पदाधिकारीविहीन भएको थियो ।

आयोगका सदस्य सीताराम पोखरेलले २०७४ मंसिरमा अवकाश पाएका थिए भने अर्का सदस्य ज्ञानी यादवले २०७७ असारमा अवकाश लिएकी थिइन ।

आयोगले ‘सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीअनुसार रिक्त शिक्षक तथा कर्मचारीको नियुक्ति तथा त्यस्तो पदमा नियुक्त शिक्षक तथा कर्मचारीको बढुवाको लागि सिफारिस’ लगायत काम गर्छ ।

विभिन्न कारणले लामो समयसम्म पदाधिकारी नियुक्त हुन नसक्दा आयोगले गर्नुपर्ने काम प्रभावित हुँदै आएको थियो ।

देशभरका सामुदायिक विद्यालयका लागि नयाँ शिक्षक भर्ना, बढुवालगायतका काम प्रभावित भएको थियो । आयोगमा पदाधिकारी नियुक्तिसँगै अब ती कामले गति लिनेछ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ७ : २१ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता