शिक्षक सेवा आयोगले पूर्णता पायो, अध्यक्षमा रेग्मी नियुक्त  « Khabarhub

शिक्षक सेवा आयोगले पूर्णता पायो, अध्यक्षमा रेग्मी नियुक्त 


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लामो समयदेखि रिक्त रहेको शिक्षक सेवा आयोगले पूर्णता पाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको अध्यक्षमा पूर्व सचिव मधुप्रसाद रेग्मी र सदस्यमा नन्दकुमारी महर्जन र डा.डिल्लिराम रिमाललाई नियुक्त गरेसँगै आयोगले पूर्णता पाएको हो ।

तत्कालीन लोक सेवा आयोका प्रमुख उमेशप्रसाद मैनाली अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र तत्कालीन शिक्षा सचिव गोपीनाथ मैनाली सदस्य रहेको सिफारिस समितिले गत पुसमा नै तीन जनालाई नियुक्तिका लागि सिफारिस गरे पनि उनीहरुलाई सरकारले मंगलबार नियुक्त गरेको हो ।

रेग्मी पूर्व सचिव हुन् भने महर्जन जनसेवा मावि कीर्तिपुरकी सेवा निवृत्त प्रधानाध्यापक र रिमाल शिक्षा मन्त्रालयका पूर्व सहसचिव हुन् । आयोगका पूर्व अध्यक्ष ताना गौतमले २०७७ असोजमा अवकाश पाएपछि आयोग पूर्णरूपमा पदाधिकारीविहीन भएको थियो ।

आयोगका सदस्य सीताराम पोखरेलले २०७४ मंसिरमा अवकाश पाएका थिए भने अर्का सदस्य ज्ञानी यादवले २०७७ असारमा अवकाश लिएकी थिइन ।

आयोगले ‘सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीअनुसार रिक्त शिक्षक तथा कर्मचारीको नियुक्ति तथा त्यस्तो पदमा नियुक्त शिक्षक तथा कर्मचारीको बढुवाको लागि सिफारिस’ लगायत काम गर्छ ।

विभिन्न कारणले लामो समयसम्म पदाधिकारी नियुक्त हुन नसक्दा आयोगले गर्नुपर्ने काम प्रभावित हुँदै आएको थियो ।

देशभरका सामुदायिक विद्यालयका लागि नयाँ शिक्षक भर्ना, बढुवालगायतका काम प्रभावित भएको थियो । आयोगमा पदाधिकारी नियुक्तिसँगै अब ती कामले गति लिनेछ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ७ : २१ बजे

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी– एक वर्षको अवधिमा म्याग्दीबाट ७३ करोड मूल्यबराबरको आलु र

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर– भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ ।

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली– जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या  बढेको

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

बाँके– बाँकेमा एक महिनाको अवधिमा ३६ वटा आर्थिक अपराधका मुद्दा