सवारी चलाउनेले ध्यान दिनुपर्ने कुरा | Khabarhub Khabarhub

सवारी चलाउनेले ध्यान दिनुपर्ने कुरा


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहिँ सवारी चालकले ध्यान नपुर्याउँदा वा लापरबाही गर्दा दुर्घटना हुनसक्छ ।

यात्रामा निस्कदा सवारीचालकले सामान्य कुरामा ध्यान नपुर्‍याउँदा सवारीमा आएको समस्या कै कारण यात्रा खल्लो हुन सक्छ । यस्तोमा सवारी चलाउनुअघि के कुरामा ध्यान दिने जानि रहनुहोस् ।

– सवारी स्टार्ट गर्नुभन्दा पहिले लुब्रिकेन्ट र पानीको मात्रा सही छ/छैन, परीक्षण गर्नुपर्छ ।
– इन्जिन स्टार्ट गरेपछि ५ मिनेट छाड्नु पर्दछ । यसले इन्जिनका सम्पूर्ण पार्टस्मा इन्जिन आयल पुगी इन्जिनको आयु बढाउन सघाउ पुग्दछ ।
– सवारी चलाउनु अघि सिट मिलेको छ/छैन, हेर्नुपर्छ । नमिलेको भए मिलाउनु पर्दछ ।
– लुकिङ ग्लास सफा गरी स्पष्ट देखिने गरी मिलाएर सिटबेल्ट बाँध्नु पर्दछ ।
– गाडी चलाउँदा सडकका ट्राफिक चिह्न तथा लेनलाई विशेष ध्यान दिनुपर्छ ।
– पार्किङ वा गेटबाट बाहिर निकाल्दा अत्यन्त सावधान हुनु पर्दछ ।
– सवारी चलाउँदा अगाडि राम्रोसँग हेरेर दायाँ–बायाँको लुकिङ ग्लासमा ध्यान दिनुपर्छ ।
– मोडमा मोड्नु अघि त्यसको विपरीत दिशातिर केही च्यापिसकेपछि मात्र मोड्नुपर्छ ।
– मोड्दा पनि जतातिर मोड्ने हो, त्यतैको लुकिङ ग्लास हेरेर मात्र स्टेरिङ घुमाउनुपर्छ ।
– मोड्दा अन्य सवारीले ओभरटेक गर्दै छ भने दुर्घटना पनि हुन सक्छ, सावधान हुनु पर्दछ ।
– सडकमा सवारी चलाउँदा दुईवटा गाडीबीच निश्चित दूरी कायम राख्नुपर्छ ।
– अगाडिको सवारीको पछाडिको टायर देखिने गरी दूरी कायम गर्नु राम्रो हुन्छ ।
– गाडीको गति जति बढी छ दूरी पनि त्यति नै बढी गर्नु राम्रो हुन्छ ।
– सवारी रोक्दा वा पार्किङ गर्दा उकालोमा अगाडिको गेयर तथा ओरालोमा ब्याक गेयरमा राख्नु पर्दछ ।
– पार्किङ गर्दा आवश्यकता अनुसार ओत लाग्ने स्थानमा ह्यान्ड ब्रेक लगाएर राख्नु पर्दछ ।
– अन्य सवारीलाई साइड दिँदा साइड लाइट बाल्ने भन्दा हातको इशारा दिनु पर्दछ ।
– साइड दिँदा स्पिड कम गर्दै लुकिङ ग्लास हेरेर बायाँ साइड च्याप्न भुल्नु हुँदैन ।
– सवारी चलाएर रोक्दा एक्सिलेटर थिचेर घ्यारघ्यार गर्दा ब्याट्री चार्ज हुदैँन ।
– प्रत्येक तीन सेकेन्डमा रुम मिरर हेरे पछाडिको सवारीको गतिविधि थाहा पाउन सकिन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ५ : ५० बजे

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति

७ हजार बढीले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

 काठमाडौं–  सुनको मूल्य तोलामा सात हजार ५०० ले घटेको छ

जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि

काठमाडौं– भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा मारिने नेपालीको पहिचान

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ

नेरुडे मिर्मिरे लघुवित्तले बोनस नदिने 

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१