राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ११ सुत्केरीको उद्धार « Khabarhub

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ११ सुत्केरीको उद्धार


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत अछामका ११ सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधिअनुसार ती महिलाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार विसं २०७५/७६ देखि जिल्लामा शुरु भएको उक्त कार्यक्रमअन्तर्गत यही भदौ ६ गते एकै दिन दुई गर्भवतीको हवाई उद्धार गरिएसँगै हालसम्म ११ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार गरिएको हो ।

निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम लागू भएपछि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी र नवजात शिशुले अकालमै ज्यान गुमाउनु नपरेको पत्रकार विष्णु भण्डारीले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ९ : ४९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका