जापानका प्रधानमन्त्री सुगाले राजीनामा दिने « Khabarhub

जापानका प्रधानमन्त्री सुगाले राजीनामा दिने


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा दिने भएका छन् । उनले फेरि पार्टी नेतृत्वको चुनाव नलड्ने बताएका छन् । उनले यही महिनाको अन्तिममा प्रधानमन्त्री पदबाट राजीनामा दिने संकेत गरेको बीबीसीले जनाएको छ ।

एक वर्ष पहिलामात्र शिन्जो आबेले राजीनामा दिएपछि सुगा प्रधानमन्त्री बनेका थिए । सुगाले यस्तो घोषणा आफ्नो लोकप्रियतामा आएको कमीपछि गरेको बीबीसीले जनाएको छ । जापानमा अहिले पनि कोरोनाका कारण संकटकाल लगाइएको छ ।

जापानमा कोरोनाको लहर रोकिएको छैन । १५ लाखभन्दा धेरै मानिस कोरोना संक्रमित भएका छन् । कोरोनाविरुद्धको खोप अभियान निकै सुस्त गतिमा छ । महामारीकाबीच ओलम्पिक खेल आयोजना गरेपछि सुगाको लोकप्रियतामा कमी आएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार सुगाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का महासचिबले शुक्रबार कार्यकारिणी समितिको बैठकमा सुगाले आफ्नो सम्पूर्ण ध्यान कोरोनामा लगाएको उनले बताएएको जनाएका छन् ।

सत्तारुढ एलडीपीले २९ सेप्टेम्बरमा पार्टी प्रमुखका लागि चुनाव गर्दै छ । जसले पार्टीको नेतृत्व गर्छ सोही व्यक्ति प्रधानमन्त्री बन्ने सम्भावना धेरै हुन्छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १२ : २६ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले