महाधिवेशनमा होमियो कांग्रेस, वडा अधिवेशनहरु सुरु (भिडियोसहित) « Khabarhub

महाधिवेशनमा होमियो कांग्रेस, वडा अधिवेशनहरु सुरु (भिडियोसहित)

भक्तपुर पुगेर महेश बस्नेतलाई देउवाको चुनौती


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेस महाधिवेशनमा होमिएको छ । पाँच पटकसम्म मिति सारेपछि आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौं गर्ने भनिएको १४ औं महाधिवेशन हुनेनहुने आशंका भइरहेका बेला शुक्रबार वडा अधिवेशनहरु सुरु भएका छन् ।

कांग्रेस महाधिवेशनका लागि वडा अधिवेशन प्रारम्भिक चुनाव हो । प्रारम्भिक अधिवेशन सुरु भएसँगै मंसिरको महाधिवेशन हुने निश्चित भएको कांग्रेस नेताहरुले बताएका छन् । शुक्रबार देशभरका ६ हजारभन्दा धेरै वडामा एकै पटक अधिवेशन गर्ने भनिए पनि आवश्यक तयारीका कारण शुक्रबार देशका केही वडाहरुमामात्र अधिवेशन सुरु भएको छ । केही वडाहरुमा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । यही भदौ २३ गतेसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने कांग्रेसले जनाएको छ ।

शुक्रबार वडा अधिवेशन सुरु भएपछि कांग्रेसका शीर्ष नेताहरुले अधिवेशन सफलताको कामना गर्दै महाधिवेशन निश्चित भएको सन्देश दिएका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भक्तपुरकोे सूर्यविनायक नगरपालिकाको वडा अधिवेशन उद्घाटनमा पुगेका छन् । सूर्यविनायक नगरपालिकाको वडा नम्बर ५ को कटुन्जेमा सभापति देउवाले वडा अधिवेशन उद्घाटन गरेका छन् ।

सो क्रममा सभापति तथा प्रधानमन्त्री देउवाले कांग्रेस सशक्त भएकोसमेत दावी गरेका छन् । उनले केही दिन अगाडि एमाले नेता तथा भक्तपुरबाट प्रतिनिधिसभा सदस्य महेश बस्नेतले दिएको चुनौतीको पनि जवाफ दिएका छन् । देउवाले भने, ‘मलाई महेश बस्नेतजीले चुनौती दिनु भएछ । मलाई होइन, हाम्रो पार्टीका सभापति दुर्लव थापालाई हराएर देखाउँनहोस् ।’

केही दिनअघि बस्नेताले भक्तपुरमा कांग्रेस खोज्नुपर्ने अवस्थामा रहेको भन्दै सभापति देउवा लडे पनि पराजित हुने बताएका थिए । देउवाले शुक्रबार सोही चुनौतीको जवाफ दिएका हुन् ।

हेरौँ भिडियो

सभापति तथा प्रधानमन्त्री देउवाले शुक्रबार बिहान भिडियो सन्देश जारी गर्दै वडा अधिवेशन सफलताको कामना गरेका थिए ।

उता वरिष्ठ नेता रामचन्द्र पौडेलले विहीबार नै भिडियो सन्देश दिँदै आत्मको पुकार सुनेर निर्णय गर्न नेता तथा कार्यकर्तामा आव्हान गरेका थिए । वडा अधिवेशनहरु सुरु भएपछि उपसभापति विमेन्द्र निधि, महामन्त्रीहरु डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइरालालगायतले वडा अधिवेशन सफलताको कामना गरेका थिए ।

वडा अधिवेशनले वडा कार्यसमिति चयन गर्नुका साथै स्थानीय तहस्तरीय अधिवेशन, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, संघीय निर्वाचन क्षेत्र अधिवेशन र जिल्ला अधिवेशनमा मतदान गर्न पाउने क्षेत्रीय प्रतिनिधि चयन गर्छ । क्षेत्रीय प्रतिनिधिले नै महाधिवेशन प्रतिनिधि पनि चयन गर्ने भएकाले वडा अधिवेशनले नै भावी नेतृत्व कस्तो आउँछ भन्ने आकलन गर्न सकिने हुन्छ । त्यसैले नेताहरुले वडा अधिवेशनलाई निकै महत्व दिएका हुन् ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १२ : ५० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र