‘इबादत बन गए हो’मा स्मिता दाहाल « Khabarhub

‘इबादत बन गए हो’मा स्मिता दाहाल


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली संगीतमा छोटो समयमै स्थापित गायिका स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा स्वर दिएकी छन् ।

भारतको प्रतिष्ठित कम्पनी टि–सिरिजको पप चार्टबस्टर्स नामक यूट्युब च्यानलबाट शुक्रवार उनको स्वरमा रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक भएको छ । गायनमा उनलाई ‘जलते दिए’, ‘हुँड हुँड दबंग’, ‘राधा नाचेगी’ जस्ता गीतका गायक शबाब सबरीले साथ दिएका छन् ।

रोमान्टिक थिमको गीतमा गायक सबरी स्वयंको संगीत र केआर वाहीको शब्द रचना रहेको छ । गीतको भिडियोमा गायिका स्मिता र भारतीय टेलिभिजनका कलाकार अर्जुन बिज्लानी फिचर्ड छन् । गीतले उनीहरुको एकअर्काप्रति प्रेम, आशक्ति तथा समर्पण व्यक्त गरेको छ

भिडियोमा राजीव एस रुयाको निर्देशन छ । भिडियो पुनम यादवले निर्माण गरेकी हुन् । गीतको भिडियोमा भारतको देहरादूनको मसुरी र उत्तराखण्डको ऋषिकेशको सुन्दरतालाई कैद गरिएको छ ।

जेस्टिन क्रियटिभ स्पार्कको ब्यानरमा बनेको भिडियोको कार्यकारी निर्मातामा सुप्रिया पुल पन्डियन छिन् ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ३ : १३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल