सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाका नेतालाई कारबाही « Khabarhub

सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाका नेतालाई कारबाही


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा समानान्तर समिति गठन गरेर पार्टी हित विपरीत काम गरेको भन्दै राष्ट्रिय जनमोर्चाका नेतालाई कारबाही गरिएको छ ।

अवैधानिक भेला राखेर पार्टीको नीति, सिद्धान्त विपरीत गतिविधि गरी फुटपरस्त काम गरेकाले केन्द्रीय सदस्य लालबहादुर जाग्री, सल्लाहकार लोकेन्द्र लम्सालसहितका नेतालाई पार्टीको साधारण सदस्यवाट निष्कासन गरिएको सो पार्टीका महासचिव मनोज भट्टले जानकारी दिए ।

यसैगरी सो पार्टीका स्थानीय नेता केशवनाथ योगी, गोविन्द विक र लछिराम आचार्यलाई समेत साधारण सदस्यबाट निष्कासन गरिएको छ ।

पार्टीको केन्द्रीय नेतृत्वले लिएको पछिल्लो राजनीतिक गतिविधिप्रति असहमति राख्दै सो पार्टीका केन्द्रीय सदस्य जाग्री लगायतका नेताको सहभागितामा केही दिनअघि भएको भेलाले प्रदेश समिति गठन गरेको थियो ।

“जनमोर्चाको समानान्तर गतिविधिमा संलग्न सबैलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ,” महासचिव भट्टले भने, “२०६२/६३ मा भएको आन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउन पाँच दलीय गठनबन्धन बनेको हो ।”

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १० : ३० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र