वर्तमान सरकार विदेशीको इसारामा चलेको ज्ञवालीको आरोप « Khabarhub

वर्तमान सरकार विदेशीको इसारामा चलेको ज्ञवालीको आरोप


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकार बिदेशी शक्तिको इसारामा चलेको आरोप लगाएका छन् । शुक्रबार एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा ज्ञवालीले वर्तमान सरकारले देश र जनताका लागि नभएर बिदेशीको इसारामा काम गरेको आरोप लगाए ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले दार्चुलामा तुईन काटेर नेपाली बेपता भएको घटनादेखि लिपुलेक कालापानीका बिषयमा सरकार मौन बसेको पनि आरोप लगाए ।

ज्ञवालीले सरकारले एमाले टुक्राउनकै लागि अध्यादेश ल्याएको भन्दै एमालेलाई फुटाएको परिणाम आगामी निर्वाचनमा देखिने टिप्पणी गरे । उनले निर्वाचनमा जनादेशको माध्यमबाट फेरि आफ्नो पार्टी सरकारमा फर्कने दावी गरे ।

भदौ २२ गते अध्यादेश निष्क्रिय पारेर सरकार बिस्तार गर्ने योजना देखिएको भन्दै उनले गठबन्धनले लज्जास्पद काम गरेको बताए । उनले केहि एमालेका नेताहरु गलत बाटोमा गएको भन्दै एमालेमा फर्कन आह्वानसमेत गरे । उनले एमाले सरकारमा आएपछि फेरि देशलाई ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय अभियानमा साथ अघि बढाउने योजना सुनाए ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ४ : ३६ बजे

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा

रोल्पा जीप दुर्घटना : २० जनाको मृत्युमा बोलेनन् बालेन-रवि, रास्वपाले तीन दिनपछि थाहा पायो 

काठमाडौं– रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा

युरोपमा अमेरिकी प्रभाव घट्ने संकेत, जर्मनीबाट सैनिक फिर्ता

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक

शंकर पोखरेलले प्रधानमन्त्रीलाई भने-‘ज्ञ’ क्रान्तिको खाका चाहियो 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहसँग ‘ज्ञ’ क्रान्तिको

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

काठमाडौं– काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित