कोभ–२ र हैजा विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ शुरु गरिँदै « Khabarhub

कोभ–२ र हैजा विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ शुरु गरिँदै


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्स कोभ–२ र हैजा रोग विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ शुरु गर्ने भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ती रोगका क्रमशः ‘एमआरएनए’ र ‘कोलेरा’ खोपको ‘क्लिनिकल ट्रायल’ शुरु गर्न लागेको हो ।

यही भदौ १० गते मन्त्रिपरिषद्को बैठकले ती रोगविरुद्धको खोपका लागि ‘क्लिनिकल ट्रायल’ गर्न अनुमति दिने निर्णय गरेको थियो ।

परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले दुवै खोपको परीक्षण दुई हप्ताभित्र सुरु गरिने जानकारी दिए । उनले कोभ–२ विरुद्धको ‘एमआरएनए’ परिषद्ले धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देउराली जनता फार्मास्युटिकल्ससँगको सहकार्यमा र हैजाको ‘कोलेरा’ को परीक्षण बीपीसहित, धुलिखेल अस्पताल, कान्ति बाल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा गर्ने बताए ।

खोप उत्पादक कम्पनीले खोप ‘एमआरएनए’ पहिलो र दोस्रो चरणको सफल परीक्षणपछि नेपालमा तेस्रो चरणको परीक्षण गर्न थालिएको हो । चीनको वालभ्याक्स कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको ‘एमआरएन’ खोप नेपालमा परीक्षण गर्न थालिएको उनले बताए ।

उक्त कम्पनीले २८ हजार जनामा परीक्षण गर्ने र नेपालमा तीन हजार जनामा परीक्षण गर्ने उनले जानकारी दिए । सोही अनुसार तेस्रो क्लिनिकल ट्रायल बीपी प्रतिष्ठान धरान हुनेछ ।

खोपको परीक्षण गर्नु अगाडि प्रयोगशाला र जनावरमा गरिन्छ । मानिसमा पहिलो र दोस्रो चरणको परीक्षण गर्दा थोरै जनसङ्ख्यामा गरिन्छ । “खोप परीक्षण गर्दा धेरैमा कति सुरक्षित छ भन्ने हेरिन्छ,” कार्यकारी निर्देशक डा ज्ञवालीले भने, “तेस्रो चरणमा परीक्षणमा धेरै सुरक्षित भए मात्र खोप लगाउन अनुमति दिइन्छ ।” परीक्षणका क्रममा खोपको सुरक्षा, प्रभावकारिता र कुन उमेर समूहका व्यक्तिलाई बढी प्रभावकारी हुन्छ भनेर पनि अध्ययन गरिन्छ । उनले परीक्षण गर्दा कुनै व्यक्तिमा कुुनै समस्या परे त्यसको सम्पूर्ण जिम्मा खोप उत्पादक कम्पनीले लिने गर्ने बताए ।

“परीक्षणका क्रममा खोप दिएकाहरुमा कुनै पनि असर देखिए उत्पादन कम्पनीले नै सम्पूर्ण जिम्मा लिने गरिन्छ,” उनले भने, “कसैलाई जबर्जस्ती वा गुपचुप कसैलाई पनि खोप परीक्षण गरिँदैन ।”

परीक्षणका लागि चीनबाट खोप अझै आइसकेको छैन । परिषद्ले सुनसरी जिल्लाका स्थानीयवासीमा परीक्षण गर्ने जनाएको छ । अहिले नेपालमा प्रयोग गरिएका खोप कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनिका खोप बाहिरी मुलुकमा नै परीक्षण गरिएका हुन् । नेपालमा परीक्षण गर्दा नेपालीको वंशाणुगत गुणअनुसार कति प्रभावकारी हुन्छ भन्ने थाहा हुने परिषद्का कार्यकारी निर्देशक डा ज्ञवालीले जानकारी दिए ।

साथै नेपालमा परीक्षण हुँदा कम्पनीले नेपाललाई सहुलियतमा प्राथमिकताका साथ खोप पनि उपलब्ध गराउने सहमति भएको छ । “परीक्षण भएपछि त्यो खोप सबभन्दा पहिलो हामीले पाउँछौँ,” उनले भने, “हामीले खोप नदिईकन कम्पनीले अन्य देशलाई बेच्न पाउँदैन । हामी समयमा र उत्पादनमा लागेको खर्च मात्र दिएर खोप पाउन सक्छौँ ।”

परिषद्की अनुसन्धान अधिकृत नमिता घिमिरेले हैजाविरुद्धको खोप ‘कोलेरा’ १ देखि ४० वर्ष उमेर समूहका करिब दुई हजार पाँच सय व्यक्तिमा गरिने जानकारी दिए । हैजाविरुद्धको खोप कोरियन उत्पादक कम्पनीको सहयोगमा परीक्षण गरिन थालेको हो । कोलेरा खोप दुई हप्ताको बीचमा दुईपटक लगाउनुपर्ने हुन्छ ।

औषधि व्यवस्था विभागमा उक्त कम्पनीले आपत्कालीन प्रयोगका लागि ‘एमआरएन’ खोपको अनुमति अझै माग गरेको छैन । सूचना अधिकारी सन्तोष केसीले कम्पनीले परीक्षण प्रयोगका लागि अनुमति माग नगरेको बताए । “मन्त्रिपरिषद् र स्वास्थ्य परिषद्ले ट्रायलका लागि अनुमति प्रदान गरिसकेको छ,” उनले भने, “हामीसँग कम्पनीले अझै अनुमति मागेको छैन । माग्न आएको खण्डमा हामीले तुरुन्तै अनुमति दिन्छौँ ।” विभागले ‘एमआरएन’ खोप परीक्षणको अनुमति दिएपछि मात्र परीक्षण गरिनेछ ।

उनका अनुसार अहिलेसम्म विभागले कोभिड–१९ आपत्कालीन प्रयोगका लागि भारतबाट उत्पादिक खोप कोभिसिल्ड र कोभ्याक्सिन, चीनबाट सिनोफार्मको कम्पनीको भेरोसेल र सिनोभ्याक्स, रसियन कम्पनी स्पुतनिक ‘भी’र अमेरिकन खोप जोन्सन एन्ड जोन्सनलाई अनुमति प्रदान गरेको छ । नेपालमा अहिलेसम्म एक करोडभन्दा बढीले खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ९ : ४५ बजे

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक

उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन

‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’

देवदह– स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको