अखाद्य वस्तु बिक्री गरेको आरोपमा दुई होटल सञ्चालकलाई कारबाही « Khabarhub

अखाद्य वस्तु बिक्री गरेको आरोपमा दुई होटल सञ्चालकलाई कारबाही


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- जिल्ला अनुगमन समितिले अखाद्य वस्तु ग्राहकलाई खुवाएको उजुरी आएपछि दुई वटा होटल सञ्चालकलाई नगद जरिवाना गरेको छ ।

खुवाइएको खानेकुरामा किरा परेको भेटिएपछि ग्राहकको उजुरीका आधारमा बेनीघाट रोराङ गाउँपालिका–३ मलेखुस्थित होटल हङ्ग्री बर्ड एण्ड गेष्ट हाउसलाई रु २० हजार तथा शीतलबजारस्थित भैरवीनाथ भोजनालयलाई रु १० हजार जरिवाना गरिएको अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।

होटल हङ्ग्री बर्ड एण्ड गेष्ट हाउसले अखाद्य माछा खुवाएको उजुरी परेपछि गरिएको अनुगमनमा विभिन्न छ किसिमका म्याद गुज्रिएका सामग्री फेला परेको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना नगरेको, होटल सञ्चालनमा लापरवाही गरेकाले जरिवाना गरिएको उनको भनाइ छ ।

यसैगरी भैरवीनाथ भोजनालयबाट लेबल नभएका र म्याद गुज्रिएका चाउमिन १३ पाकेट फेला परेको, मांसाहारी र शाकाहारीका लागि एउटै फ्रिजको प्रयोग गरेको, पकाएको आलु र चाउचाउ ताजा नभएको, सरसफाइमा ध्यान नदिएको र होटल सञ्चालनमा लापरवाही गरेकाले जरिवाना गरेको बताइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १० : १५ बजे

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख