नेपालमा पहिलो पटक अटिजम विशेष विद्यालय स्थापना « Khabarhub

नेपालमा पहिलो पटक अटिजम विशेष विद्यालय स्थापना


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिका–१० बालमन्दिर आधारभूत विद्यालयमा अटिजम विशेष विद्यालय स्थापना गरिएको छ । यस विद्यालयमा अटिजम भएका बालबालिकालाई पठनपाठन गराइने छ । विद्यालयको आज एक समारोहबीच उद्घाटन गरिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालयको उद्घाटन गर्दै नेपालमा नै पहिलो पटक अटिजम विशेष विद्यालय स्थापना गरिएको बताइन् ।  अटिजम भएका बालबालिकाको अभिभावकले दुःख बेहोर्नु परेको भन्दै उनले यसलाई व्यवस्थित बनाइने जानकारी दिइन् ।

उनले भनिन्“अटिजम साँच्चै पीडादायी समस्या हो । यसले घर परिवार आफन्तलाई समेत ठूलो समस्या दिँदै आएको छ ।” यो समस्या केही हदसम्म न्यूनीकरण गर्नका लागि यो विद्यालय स्थापना गरिएको हो ।

कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले यो काम जटिल भए पनि प्रत्यक्ष रुपमा बालबालिका लाभान्वित हुने भएकाले आवश्यक सहयोगका लागि सबैसँग अनुरोध गरिन् । सो अवसरमा जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुनाकुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, महानगरका प्रवक्ता अरुणपीडित भण्डारी, नेपाल बाल सङ्गठनका अध्यक्ष रविकिरण पौडेल, अटिजम केयर सोसाइटी चितवनका प्रमिला न्यौपाने लगायतले धारणा राखेका थिए ।

महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले अटिजम जन्मजात अपाङ्गता भएको भन्दै उमेर विकाससँगै अन्य सीपमा विकास हुन कठिनाइ भएर कुनै पनि क्रियाकलाप दोहोर्‍याउने कार्य यस्ता बालबालिकाले गर्ने बताए । उनीहरु एक्लै बस्न रुचाउने, अर्काले बोलाउँदा राम्रोसँग नबोल्ने जस्ता समस्या हुने गरेको उनले बताए ।

विशेष शिक्षा प्रणालीबाट उनीहरुको पढाइ गर्ने भन्दै उनले नेपालमा नै पहिलो पटक भरतपुर महानगरपालिकाले अभिभावकत्व ग्रहण गरेर विद्यालय सञ्चालनमा ल्याएको बताए ।  महानगर क्षेत्रभित्र मात्र ४० जना हाराहारी यस्ता बालबालिका हुने अनुमान गरिएको छ । ती बालबालिकालाई दिउँसोको समयमा खाना, पढाइसँगै स्याहारसुसार गरिने छ । विद्यालय सञ्चालनका लागि चालु आर्थिक वर्षमा रु १८ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ९ : १३ बजे

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक

उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन

‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’

देवदह– स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको