नेपाल-चीन सीमा विवाद अध्ययन गर्न समिति गठन गरेसँगै चीन रुष्ट « Khabarhub

नेपाल-चीन सीमा विवाद अध्ययन गर्न समिति गठन गरेसँगै चीन रुष्ट


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सकारले नेपाल-चीन सीमा विवादबारे अध्ययन गर्न समिति गठन गरेसँगै चीन रुष्ट बनेको छ । स्रोतका अनुसार  चीनले विभिन्न बहाना बनाएर सीमा विवादको विषय आलटाल गर्न खोजिरहेको हो ।

चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले तिब्बत परराष्ट्र कार्यालयका महानिर्देशकसँग गरेको छलफमा सीमा विवादका विषय नउठाइनुले पनि थप शंका उब्जिएको स्रोत बताउँछ ।

महावाणिज्यदूत नवराज ढकालले महानिर्देशक पाइमा याङचोङसँग विविध विषयमा छलफल गरे पनि सीमाको कुरा गरेका छैनन् । उनले गरेको छलफलका विषय कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै दूतावसले परराष्ट्रलाई पत्र समेत लेखेको छ ।

कोरोना कहर, बाढीपहिरोले सडक भत्किएको लगायतका विभिन्न बहाना बनाउँदै चीनले नेपाल-चीन सीमा नाका समेत बेला-बेलामा बन्द गर्दै नेपाललाई अल्माल्याउन खोजेको जनाइएको छ ।

महावाणिज्य दूतावासले चाडपर्व नजिकै आएको भन्दै सामग्रीहरुको आयातको लागि तातोपानी र रसुवागढी नाका निर्वाध रुपमा सूचारु गरिदिन चीनलाई अनुरोध गरेको विषयमा भने चीन सकारात्मक रहेको जनाइएको छ । तर पनि कोरोनापछि नाका बन्द हुँदा भोगेको सास्ती अझै नभुलेको व्यापारीहरुको गुनासो छ ।

यसैगरी तिब्बत सरकारले नेपालका उत्तरी जिल्लाहरुलाई प्रदान गर्ने सहयोगको सन्दर्भमा ती जिल्लाहरुलाई छिट्टै नै सहायता सामग्री उपलब्ध गराइदिन महावाणिज्य दूतावासले आग्रह गरेका थिए ।  यसैगरी हिल्साको सौर्य ऊर्जा परियोजना सम्बन्धमा पनि सहयोग गर्न महावाणिज्य दूतावासले चीनलाई अनुरोध गरेको थियो । हिल्सा, नाम्खा गाउँपालिकामा नेपाल सरकारको आफ्नै सौर्य उर्जा परियोजना निर्माण निर्माण भइरहेको हुँदा अन्य किसिमको सहयोगका लागि अनुरोध गरिदिन नाम्खा गाउँ पालिकाबाट मौखिक अनुरोध चीनको नियोगलाई गरिएको जनाइएकाो छ । तर सहयोग विषयलाई तिब्बतले स्वीकार नगरेको स्रोतले जनाएको छ ।

गत साउन १० मा निर्वाध रुपमा नाका सञ्चालन गर्नेदेखि विभिन्न विषयमा चीनलाई अनुरोध गरे पनि त्यो पूरा नहुने देखिएको स्रोत बताउँछ ।

२०७७ असोजमा हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेर ९ वटा भवन बनाएको, १२ नम्बर पिल्लर सारेर लोलुजुङमा भवनहरु बनाएको, हिल्लाको ९९२० सीमा स्तम्भको दुईतिहाइ भाग चीनतिर पारेर बार लगाएको, हिल्साकै किडको ६९१० सीमा स्तम्भ आफ्नोतिर पारेर तारबार बनाएको लगायतका समाचार सार्वजनिक भइसकेका छन् ।

यस विषयमा अध्ययन गर्न सरकारले समिति गठन गरेसँगै चीन रुष्ट बनेको स्रोत बताउँछ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १२ : ३५ बजे

शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार

काठमाडौं– नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन

सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

राष्ट्रियसभाको बैठक : चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

 काठमाडौं – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा

नेपालमा विदेशी पर्यटक बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको