नवराज लम्सालको अर्को महाकाव्य ‘अग्नि सार्वजनिक’ « Khabarhub

नवराज लम्सालको अर्को महाकाव्य ‘अग्नि सार्वजनिक’


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साहित्यकार डा. नवराज लम्सालद्वारा लिखित ‘अग्नि’महाकाव्य लोकार्पण गरिएको छ । राजनीतिक चिन्तक विश्वभक्त दुलाल आहुति, समालोचक डा. रामप्रसाद ज्ञवाली र कवयत्री डा गीता त्रिपाठीले संयुक्तरुपमा उक्त महाकाव्यको लोकार्पण गरेका हुन् ।

मुलुकको राजनीति र इतिहासमा पछि परेका समान्तकृत वर्गसमुदायका पीडा र भोगाइका विषयवस्तु समेटिएको उक्त महाकाव्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, सेन राजा, मकवानपुर र जेठी तरवारको चर्चा गरिएको छ ।

राज्यशक्तिको वलमा सीमान्तकृत समुदायलाई कसरी पीडा पुर्‍याउन सक्नलगायत घटनाका नालीबेली तथा त्यस बेलाको समाज, पात्र र प्रवृत्ति समेटेर तयार गरिएको उक्त महाकाव्यमा समाज शुद्धिकरण, कर्मका आधारमा व्यक्तित्व निर्माण र मुक्ति प्राप्त विषयमा ज्ञान दिन खोजिएको छ । सो अवसरमा लेखक आहुतीले साहित्यकारका सिर्जनामा दलित पात्र हुँदैमा सीमान्तकृत समुदायका आवाज र हकहितका लागि सम्बोधन भई हाल्छ भन्ने अवस्था नरहेको बताए।

उनले भने, ‘सिर्जनामा दलित पात्र हुँदैमा उक्त वर्ग समुदायको हित गर्छ भन्ने हुन्न, विगतका केही चर्चित पुस्तकमा जात प्रथाको पीडनमा परेकालाई दाया प्रदान गर्ने सिवायक ठोस् कुरा पाइन्न तर यस महाकाव्यले समाजका विकृति, विसङ्गति र जातीय व्यवस्था परिवर्तन गर्न सहयोग गर्नेछ।’

समालोचक डा. रामप्रसाद ज्ञवालीले युग विशेषमा सीमान्तकृत जाति, वर्ग समुदाय कसरी सामाजिक र सांस्कृतिक शोषणमा परे भन्ने विषयवस्तु काव्यका माध्यमबाट समाजमा सुसूचित गराउन साहित्यकार लम्साल सफल भएको धारण राखे ।

पूर्वीय साहित्य अध्ययनमा विशेष दख्खल राख्नु हुने साहित्यकार लम्सालका यसअघि कर्ण र धरा नाम महाकाव्य प्रकाशित छन् । बुकहिल प्रकाशनले बजारमा ल्याएको गद्यमा लेखिएको उक्त महाकाव्य ४२ सर्ग छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ६ : १७ बजे

बाढीले क्षतिग्रस्त ९ करोडका विद्युतीय गाडी एक वर्षदेखि भन्सारमै अलपत्र (फोटो फिचर)

रसुवा – अघिल्लो वर्ष ल्हेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएका

अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी– गत आर्थिक वर्ष (आव)मा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण

१३ स्थानीय तहले अझै ल्याएनन् बजेट

काठमाडौँ– १३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष (आव) को

वैदेशिक रोजगार बिमामा सुधार: घरदैलोमै पुगेर दाबी भुक्तानी गरिने

काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा व्यवस्थापनलाई थप

कर्णालीको विकास प्राथमिकता बुझ्न मन्त्री लम्साल स्थलगत अनुगमनमा

कर्णाली– पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं