साहस ऊर्जाको आईपीओ बाँडफाँड, ६ लाख ४४ हजारले पाए १० कित्ता | Khabarhub Khabarhub

साहस ऊर्जाको आईपीओ बाँडफाँड, ६ लाख ४४ हजारले पाए १० कित्ता


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साहस ऊर्जा लिमिटेडले आज (आइतबार) सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बाँडफाँड गरेको छ । असोज ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणको लागि निष्काशन गरिएको शेयर आज बिहान ९ बजे बाँडफाँट गरिएको हो ।

कुल २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा ६ लाख ४४ हजारले मात्र १० कित्ताका दरले आईपीओ पाएका छन्। कुल आबेदन मध्ये २३ लाख ८३ हजार ४६० जनाको आबेदन मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आबेदन रद्द भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ ।

२४ लाख ७४ हजार ४३६ आवेदकबाट ३ करोड ४४ लाख ९८ हजार ३९० कित्ताशेयर माग भएको थियो । यो सर्वसाधारणलाई निष्काशन गरेको ६४ लाख ४० हजार कित्ता शेयरको ५.३५ गुण बढी हो । यसअघि शुक्रबार प्रिअलटमेन्ट गरिएको थियो । कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत रु १३ करोड ७९ लाख हुने विवरण सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १० : ३१ बजे

गैरआवासीय नेपाली संघले ग्लोबल कन्क्लेभ आयोजना गर्दै 

काठमाडौं– काठमाडौंमा गैर आवासीय नेपाली संघले कार्तिक ११ र १२

स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको खर्चको सीमा निर्धारण

काठमाडौं– निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने प्रयासमा छु : मन्त्री अधिकारी 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकलाई कृषिमा आत्मनिर्भर

धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते

मलेखु– काठमाडौँबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा

ऋचा घिमिरेको युटर्न : ‘तुलसी’ बोकेर अमेरिका, नेपाल आउँदा ‘तेल भिसा’

काठमाडौं- ऋचा घिमिरे ६० को दशककी स्थापित नायिका हुन् ।