पाकिस्तानमा शिख समुदायमाथि ज्यादती बढ्दै « Khabarhub

पाकिस्तानमा शिख समुदायमाथि ज्यादती बढ्दै


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाकिस्तानको खैबर पख्तुनख्वा (केपीके) प्रान्तमा अल्पसंख्यक शिख समुदायमाथि ज्यादतीका घटना बढ्दै गएका छन् ।

बिहीबार फेरि एक युवा युनानी चिकित्सक सतनाम सिंहको हत्या भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सिंह आफ्नो क्लिनिकमा रहेका बेला अज्ञात समूहले उनको गोली हानी हत्या गरेको जनाइएको छ । घटनाले केपीकेको सिख समुदायलाई थप त्रासमा पारेको छ । घटनाको शिख समुदायले निन्दा गरेका छन् ।

उक्त घटनाको पाकिस्तानी संसदमा पनि निन्दा भएको छ । पाकिस्तानका एक मात्र शिख सांसद गुरदीप सिंहले शुक्रबार सिनेटमा शिख समुदायलक्षित हत्याको मुद्दा उठाएका थिए । ‘मलाई थाहा छैन सतनाम सिंहको हत्याको पछाडि को थियो तर यो पक्का छ कि बदमाश तत्वहरु अल्पसंख्यक समुदायहरुलाई सिध्याउन चाहन्छन्’, उनले भने ।

लगत्तै सभामुख मुहम्मद सादिक संज्रानीले सिंहको हत्याको रिपोर्ट पेस गर्न सरकारलाई रुलिङ गरेका छन् ।

शिख अधिकारकर्मी रादेश सिंह टोनीले इस्लामिक स्टेट-खोरासान (आईएसआईएस-के) ले सतनाम सिंहको हत्याको जिम्मेवारी लिएको सन्देश सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भारतको शिख नेतृत्वले सतनाम सिंहको हत्याको निन्दा गर्दै अल्पसंख्यक  शिख समुदायको सुरक्षाको सुनिश्चित गर्न पाकिस्तान सरकारसँग माग गरेको छ । पञ्जाबका पूर्वमुख्यमन्त्री अमरिन्दर सिंहले भने, ‘पेशवारमा हकीम सतनाम सिंहको क्रुर हत्याको निन्दनीय छ । पाकिस्तानले यसमा ठोस कदन चाल्न आवस्यक छ।’

सात वर्षमा केपीकेमा मुख्यमन्त्री परवेज खान खट्टकका पूर्वसल्लाहकार डा.स्वर्ण सिंहसहित १३ शिखहरुको हत्या भएको प्रहरीलाई उद्धृत गर्दै जारी भएको एक रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १० : ५५ बजे

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा

टीकापुर– कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले