पाकिस्तानमा शिख समुदायमाथि ज्यादती बढ्दै | Khabarhub Khabarhub

पाकिस्तानमा शिख समुदायमाथि ज्यादती बढ्दै


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाकिस्तानको खैबर पख्तुनख्वा (केपीके) प्रान्तमा अल्पसंख्यक शिख समुदायमाथि ज्यादतीका घटना बढ्दै गएका छन् ।

बिहीबार फेरि एक युवा युनानी चिकित्सक सतनाम सिंहको हत्या भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सिंह आफ्नो क्लिनिकमा रहेका बेला अज्ञात समूहले उनको गोली हानी हत्या गरेको जनाइएको छ । घटनाले केपीकेको सिख समुदायलाई थप त्रासमा पारेको छ । घटनाको शिख समुदायले निन्दा गरेका छन् ।

उक्त घटनाको पाकिस्तानी संसदमा पनि निन्दा भएको छ । पाकिस्तानका एक मात्र शिख सांसद गुरदीप सिंहले शुक्रबार सिनेटमा शिख समुदायलक्षित हत्याको मुद्दा उठाएका थिए । ‘मलाई थाहा छैन सतनाम सिंहको हत्याको पछाडि को थियो तर यो पक्का छ कि बदमाश तत्वहरु अल्पसंख्यक समुदायहरुलाई सिध्याउन चाहन्छन्’, उनले भने ।

लगत्तै सभामुख मुहम्मद सादिक संज्रानीले सिंहको हत्याको रिपोर्ट पेस गर्न सरकारलाई रुलिङ गरेका छन् ।

शिख अधिकारकर्मी रादेश सिंह टोनीले इस्लामिक स्टेट-खोरासान (आईएसआईएस-के) ले सतनाम सिंहको हत्याको जिम्मेवारी लिएको सन्देश सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भारतको शिख नेतृत्वले सतनाम सिंहको हत्याको निन्दा गर्दै अल्पसंख्यक  शिख समुदायको सुरक्षाको सुनिश्चित गर्न पाकिस्तान सरकारसँग माग गरेको छ । पञ्जाबका पूर्वमुख्यमन्त्री अमरिन्दर सिंहले भने, ‘पेशवारमा हकीम सतनाम सिंहको क्रुर हत्याको निन्दनीय छ । पाकिस्तानले यसमा ठोस कदन चाल्न आवस्यक छ।’

सात वर्षमा केपीकेमा मुख्यमन्त्री परवेज खान खट्टकका पूर्वसल्लाहकार डा.स्वर्ण सिंहसहित १३ शिखहरुको हत्या भएको प्रहरीलाई उद्धृत गर्दै जारी भएको एक रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १० : ५५ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी