मन्त्रालय भागबण्डा मिलाउन कार्यदलको बैठक बालुवाटरमा | Khabarhub Khabarhub

मन्त्रालय भागबण्डा मिलाउन कार्यदलको बैठक बालुवाटरमा


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मन्त्रालयको भागबण्डामा सहमति जुटाउने प्रयासमा सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा जारी छ ।

गत बिहीबार गठबन्धनको बैठक बसेर मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गरे पनि नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाल  विरामी भएपछि बैठक नै बसेको थिएन ।

शीर्ष नेता रहेको गठबन्धन बैठकमा मन्त्रिपरिषद् विस्तारको निधो गर्नअघि कार्यदललाई मन्त्रालय भागबण्डा टुंग्याउने कार्यादेश दिएपछि नेताहरु छलफलमा जुटेका हुन् ।

कार्यदलले सम्भवत आजै मन्त्रालयको भागबण्डा टुंग्याएर शीर्ष नेताहरुलाई ब्रिफिङ गर्ने र सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने कोसिस भइरहेको जनाइएको छ ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वका कार्यदलको बैठकमा माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधि सहभागी छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नबनाइ मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिइसकेको छ ।

गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५-५ मन्त्रालय राख्ने सहमति भइसकेको छ । तर, कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति हुन सकेको छैन ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १२ : १८ बजे

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले

हुङ्गुङ खण्डमा पहिरो जाँदा कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण