‘आयो दशैं’मा पुष्प र तनुजाको विछोडको पीडा « Khabarhub

‘आयो दशैं’मा पुष्प र तनुजाको विछोडको पीडा


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विगत ८ बर्षदेखि अष्ट्रेलियामा रहँदै आएका गायक नरेश रेग्मीले दशैंलाई लक्षित गर्दै नयाँ गीत ‘आयो दशैं’ सार्वजनिक गरेका छन् । यो गीतमा नरेश र गायिका देवी घर्तीको स्वर छ ।

गीतमा शिव हमालको शब्द तथा संगीत सुन्न सकिन्छ । यो गीतमा दशैं नजिक आउँदा पनि प्रेमी प्रेमिका वाध्यताले टाढा हुनु परेको पीडा व्यक्त गरिएको छ ।

यो गीतको भिडियोमा नायक पुष्प खड्का र नव–मोडल तनुजा वलीको अभिनय छ । तनुजाले यही गीतबाट म्युजिक भिडियोमा डेब्यू समेत गरेकी हुन् ।

नरेशले १५ बर्षदेखि सांगीतिक क्षेत्रमा आफूलाई अगाडि बढाएका छन् । उनले एक दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन् । साथै, अष्ट्रेलियामा रहेर उनी गीतसंगीतमा सक्रिय छन् । यो गीतको भिडियोलाई विक्रम चौंहानले निर्देशन गरेका हुन् । प्रकाश खड्काको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  २ : १९ बजे

युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते

एजेन्सी – युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि

प्रचण्डदेखि सभामुखसम्मलाई टक्कर दिने यी महिला उम्मेदवार

काठमाडौं- फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ३

सर्लाही–४ का युवासँग गगनले भने- विश्वास गर्नुस्, गुनासो गर्ने मौका दिने छैन

काठमाडौं – नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापाले

नयाँ दलमाथि ओलीको कटाक्ष : कहाँ जाँदै छु, कहाँ पुग्ने हो थाहा छैन

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक

भोलि सर्लाही-४ जाँदैछु, मनमा धेरै उत्साह छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेस सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने