सकारात्मक सोचले काम गर्दा सफलता प्राप्त हुन्छ : नेता महतो « Khabarhub

सकारात्मक सोचले काम गर्दा सफलता प्राप्त हुन्छ : नेता महतो


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सडी समाज काठमाडौँले समाज, राष्ट्र र सुडी समुदायको विकास तथा उन्नयनका लागि महत्वपूर्ण योगदान पुर्‍याएबापत विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा आरपी बिच्छा, प्रदेश नीति तथा योजना आयोग, प्रदेश नं २ का सदस्य बैजनाथ महतो, विभूषण समितिका सदस्य इन्जिनियर ओमप्रकाश महतो, अन्तर्राष्ट्रिय योग प्रशिक्षक श्रीमती शान्ति महतो र सिंहदरबार वैद्यखाना विकास समितिका निमित्त कार्यकारी निर्देशक डा सबरी साह छन् ।

सुडी समाज काठमाडौँद्वारा आज आयोजित दशैँ, तिहार र छठपर्वको शुभकामना आदानप्रदान, छलफल तथा सम्मान कार्यक्रममा उनीहरुलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता एवम् पूर्वउपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतो, नेपाली जनता दलका राष्ट्रिय अध्यक्ष हरिचरण साह र समाजका अध्यक्ष डा अशोक महासेठले सम्मानपत्रद्वारा सम्मान गरेका हुन् ।

सो अवसरमा नेता महतोले मानिसले सकारात्मक सोचका साथ गर्ने असल कामबाट सफलता प्राप्त हुने उल्लेख गर्दै मानव र समाजसेवाबाट मात्र आत्मसन्तुष्टि हुने बताए । सामाजिक सङ्घसंस्थाले समाजको रुपान्तरणका लागि कार्य गर्नुपर्ने बताउँदै उनले समाजमा देखिएको विकृति–विसङ्गतिको न्यूनीकरण गरी सबल, सक्षम र सुदृढ समाज निर्माणका लागि अग्रसर हुन सबैलाई आग्रह गरे ।

अध्यक्ष साहले सबै नीतिको मूल नीति राजनीति हो भन्दै नेपाली जनता र राष्ट्रको विकासका लागि आफू राजनीतिमा लागेको बताए । उनले समतामूलक समाज र समाजिक न्याय स्थापनाका लागि सामाजिक सङ्घसंस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा बिच्छाले कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले दसैँ मनाउँदा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालन गर्न सबैसँग आग्रह गरे ।

प्रदेश नीति तथा योजना आयोग, प्रदेश नं २ का सदस्य महतो, विभूषण समितिका सदस्य इन्जिनियर महतो, अन्तर्राष्ट्रिय योग प्रशिक्षक श्रीमती महतो लगायतले दिगो शान्तिविना समाज र मुलुकले विकास र समृद्धि हासिल गर्न नसक्ने भएकाले हिंसालाई निर्मूल गर्नेतर्फ सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्थाले अग्रसर हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १० : ५९ बजे

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल