७० वर्षको उमेर हद लागू हुने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका पक्षमा बलियो मत « Khabarhub

७० वर्षको उमेर हद लागू हुने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका पक्षमा बलियो मत


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले पार्टीका पदमा ७० वर्षको उमेर हद कायम गरेको छ । महाधिवेशनमा ७० वर्ष उमेर पूरा नभएको व्यक्ति उम्मेदवार हुन पाउनेछ र एक कार्यकाल पूरा गर्न पाउनेछ ।

यसअनुसार ७० वर्ष पूरा हुनुअघि निर्वाचित भएको पदाधिकारी करिब ७५ वर्षसम्म पदीय जिम्मेवारीमा रहनेछ । ७० वर्ष पूरा भएको व्यक्ति भने कुनै पनि तहमा कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैन ।

अध्यक्ष केपी शर्मा ओली आगामी मंसिरमा हुने भनिएको राष्ट्रिय महाधिवेशनमा अर्को एक कार्यकालका लागि उम्मेदवार हुन पाउनेछन् ।

केन्द्रीय कमिटी २२५ सदस्यीय हुनेछ । अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष सहित ५ जना उपाध्यक्ष, एक जना महासचिव, उपमहासचिव एक जना र सचिव ७ जना रहने छन् । यसरी केन्द्रमा १५ जना पदाधिकारी हुनेछन् । केन्द्रमा एक सचिवालय रहने छ ।
पालिट ब्यूरोको व्यवस्था खारेज भएको छ ।

वडादेखि केन्द्रसम्म पार्टी कमिटीहरू रहनेछन् । पार्टी कमिटीको आधार संख्या ५० हुनेछ । यो संख्यलाई आधार मानेर जिल्ला कमिटीमा जिल्लामा रहेका प्रदेश निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्र बराबर ५ जना थपिने छन् । प्रदेशसभा निर्वाचन क्षेत्र दुई वटा रहेका जिल्लामा ६० जनाको जिल्ला कमिटी हुनेछ ।

सहभागीहरूका अनुसार महाधिवेशनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली अवलम्बन गर्नुपर्ने कुरा जोडदार रूपमा उठेको छ । यो विषय यही महाधिवेशनले प्रस्तावको रूपमा पारित गर्नेछैन तर यसलाई बहसमा लगिने भएको छ ।

अनुशासन पालनाको कुरा पनि निकै जोडदार रूपमा उठेको छ । कार्यविभाजनमा पारदर्शिता, महिला सहभागिता वृद्धि, नेतृत्व तहमा महिलाको उपस्थिति लगायतको कुरा पनि निकै जोडदार रूपमा उठेको छ ।

सभामा विधान संशोधन प्रस्ताव, सङ्गठनात्मक प्रस्ताव र राजनीतिक प्रतिवेदनमा समूह छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रस्ताव तथा प्रतिवेदन प्रस्तोता नेताहरूले दिएका थिए ।

आजै सम्मेलन केन्द्रमा स्थायी कमिटी बैठक पनि भएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ४ : २९ बजे

तीन करोड ६२ लाख खर्चेर डुडियाघाटमा पक्की पुल

गलकोट– बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरा र काठेखोला गाउँपालिका–४ तग्राम जोड्नका

रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता

मस्को– रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ र इरानका विदेशमन्त्री सैयद अब्बास

भन्सार जाँच कडाइले वीरगञ्जमा चहलपहल बढ्यो

वीरगञ्ज– सबैजसो याममा गुलजार हुने वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौल

अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. २३ जोरगणेश ओम बहाल टोलको

स्वयम्भू क्षेत्रका अतिक्रमित संरचनामा डोजर (तस्बिरहरू)

काठमाडौं– स्वयम्भू क्षेत्रमा अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको छ।