ज्येष्ठ नागरिकमा देखिएको ‘डिजिटल डिभाइड’प्रति विज्ञहरूको चासो « Khabarhub

ज्येष्ठ नागरिकमा देखिएको ‘डिजिटल डिभाइड’प्रति विज्ञहरूको चासो


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एकतीसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका सन्दर्भमा आज काठमाडौँमा भएको एक अन्तर्राष्ट्रिय गोष्ठीका सहभागी विज्ञहरूले वर्तमान समयमा ज्येष्ठ नागरिकका लागि डिजिटल प्रविधि वरदान साबित हुँदै गएको भए पनि यसमा देखिएको असमान पहुँच भने चिन्ताको विषय भएको औँल्याएका छन् ।

नेपाल, भारत तथा बङ्गलादेशस्थित विभिन्न संस्थाहरूसँगको सहकार्यमा नेपाल सहभागिमूलक कार्य समूह (नेपान) को अगुवाइमा सम्पन्न ‘सबै उमेर–समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानताको सवाल’ विषयक भर्चुअल गोष्ठीमा सो चिन्ता व्यक्त गरिएको हो ।

हरेक वर्षको अक्टोबर १ तारिखका दिन विश्वभर ज्येष्ठ नागरिक दिवस मनाउने चलन रहिआएको र सोका लागि संयुक्त राष्ट्रसङ्घले विशेष नारासमेत तय गर्ने परम्पराअनुसार यस वर्षको नारा पनि ‘सबै उमेर–समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ (डिजिटल इक्वालिटी फर अल एजेज) भन्ने तोकिएको थियो ।

नेपानका अध्यक्ष तथा सूचना–प्रविधि विज्ञ डा अनोज क्षेत्रीको सभापतित्वमा भएको सो कार्यक्रममा जनस्वास्थ्यविज्ञ महेश शर्माले विशेष कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने तोया गौतम, छिङ्गलमु शेर्पा, छत्र प्रधान तथा राजेश जोशीले आआफ्ना अनुभव सुनाएका थिए ।

त्यसैगरी भारतका विभिन्न विश्वविद्यालयसँग आबद्ध प्राध्यापकहरू क्रमशः डा अनुभूति दुबे, डा आराधना शुक्ला, डा पञ्च रामलिङ्गम, डा रोशन लालले मूल कार्यपत्रमाथि टिप्पणी गर्दै आ–आफ्ना विचार राखेका थिए । गोष्ठीमा बङ्गलादेशबाट प्रतिनिधित्व गर्ने सहप्राध्यापक डा शाहीनूर रहमानले आफ्ना अनुभव प्रस्तुत गरेका थिए ।

विश्वभर नै ज्येष्ठ नागरिकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको, ज्येष्ठ नागरिकको सुरक्षित, स्वस्थ र सम्मानित जीवनका लागि हरेक देशले कानुन, नीति, रणनीति तथा कार्ययोजनाका दस्तावेजहरू बनाएको भए पनि तिनको कार्यान्वयन अपेक्षित मात्रामा हुन नसकेको, ज्येष्ठ नागरिकहरूले अनेक खालका विपद् तथा कोरोनाजस्ता वैश्विक महामारीबाट अन्य उमेर समूहका व्यक्तिहरूभन्दा बढी प्रताडित हुनुपरेको, महामारीका बेला डिजिटल प्रविधिको उच्चतम प्रयोग भएको तर तिनका कारण ज्येष्ठ नागरिकले झन् एक्लो महसुस गर्न बाध्य भएको कुरा पनि विज्ञहरूले उठाएका थिए ।

साथै, धनी राष्ट्रहरूको तुलनामा गरिब राष्ट्रहरूमा प्रविधि प्रयोगका लागि चाहिने उपकरण महँगो हुनु, सबै ठाउँमा उपलब्ध नहुनु, निरक्षरताका कारण डिजिटल प्रविधि प्रयोग गर्न र अभ्यस्त हुन कठिन हुनु, विभिन्न उमेर समूह र फरक–फरक क्षमता भएका व्यक्तिहरूका लागि प्रयोगमैत्री ‘डिभाइस’ उपलब्ध नहुनु आदिजस्ता तमाम चुनौतीहरू रहेको कुरा पनि विज्ञहरूले औँल्याएका छन् ।

प्रविधि प्रयोगको व्यापकता र ज्येष्ठ नागरिकको सहजता अभिवृद्धिका लागि विभिन्न तहका सरकार, गैरसरकारी क्षेत्र, निजी क्षेत्र तथा नागरिक समाजले पनि समन्वयात्मक ढङ्गबाट कार्य गर्नुपर्ने र दुर्गम क्षेत्रमा बसोबास गर्ने, विपन्न परिवारका व्यक्ति, महिला, अपाङ्गता भएका एवं निःसहाय तथा निरक्षर ज्येष्ठ नागरिकलाई विशेष केन्द्रित गरी साक्षरता तथा जनसचेतना अभियान, प्रविधि हस्तान्तरण तालिम, उपकरण अनुदान तथा सहुलियतमा इन्टरनेट प्रदानजस्ता विविध सेवा पुर्‍याउन ढिला गर्न नहुने निष्कर्ष पनि गोष्ठीले निकालेको छ ।

पछिल्लो समयमा ज्येष्ठ नागरिकमा एकाकीपन, मानसिक समस्या, अल्जाइमर तथा डिमेन्सिया, उदासीनता आदिजस्ता विविध समस्याहरू बढ्दै गएको सन्दर्भमा स्थानीय सरकारले अझ बढी चनाखो भई उपयुक्त नीति तथा कार्यक्रम ल्याउनुपर्ने कुरा पनि विज्ञहरूले औँल्याएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १० : ३० बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट